लकडाउनका बेला क्रिकेट नहुँदा कठिन भयाे-सुवास खकुरेल (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-१२
  • |
  • 255 पटक हेरिएको

कोरोना भाइरसको महामारीका कारण लकडाउन भएपछि नेपाली खेलाडीहरु पनि घर बस्न बाध्य भए । नेपाली क्रिकेटर सुवास खकुरेलले यो तीन महिना घरमा बस्दै निकै अप्ठेरो महसुस गरेको बताए । घरकै भर्‍याङमा तलमाथि गरेर सामान्य अभ्यास गरेको बताउने सुवासले बल र ब्याट भने तीन महिना नछोएको बताए ।

अहिले लकडाउन खुकुलो भएको र राजधानीमा जोर विजोर नम्बर प्लेटका गाडीहरु चल्न थालेपछि सुवास अहिले कीर्तिपुर क्रिकेट मैदानको इन्डोर हलमा अभ्यासका लागि पुग्ने गरेका छन् । त्यहाँ नेप्लेजसँगको कुराकानीमा ग्राउण्डमा आएर एक दुई बकेट बलिङ मेसिनमा खेलौं भन्ने इच्छा थियो, अहिले बल्ल पुरा भएको पनि उल्लेख गरे ।

कोरोनाका कारण नेपाली मात्रै नभई अन्तर्राष्ट्रिय खेलकुदलाई पनि असर गरेको बताए । नेपालले २०२२ सम्म पाएको एक दिवसीय मान्यताको कुरा पनि रहेकाले नेपाली क्रिकेट टिमलाई अहिले यत्तिकै घर बस्दा पछि झनै अप्ठेरो हुने पनि बताए ।

समयमा तलब नआउँदा खेलाडीलाई गाह्रै परेको बताउँदै उनले महामारीका कारण लकडाउन भएका बेला क्यानका पदाधिकारीले आफूलाई सुख दुःखबारे पनि केही नसोधेको गुनासो गरे । उनले भने ‘कप्तान ज्ञानेन्द्र मल्ललाई सोधेको भए थाहा भएन, मलाई त क्यानका कुनै पनि पदाधिकारी कसैले पनि सोध्नु भएको छैन ।’

हेराै सुवाससँगकाे भिडियाे कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey