खेलकुद विकास ऐन राष्ट्रपतिबाट प्रमाणिकरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-११
  • |
  • 253 पटक हेरिएको

काठमाडौं, ११ असार । खेलकुद विकाससमन्धी कानुन कार्यान्वयनमा आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणित गरेकी हुन् ।

गत वर्ष राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधि सभा हुँदै केही समय पहिला राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको खेलकुद विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

योसँगै खेलकुद विकास ऐन २०४८ विस्थापन भएको छ । भने नयाँ ऐनले नेपाली खेलकुदमा आमूल परिवर्तन गर्ने विश्वास लिइएको छ ।

खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संगै शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

याे पनि

नयाँ ऐनले सदस्यसचिवको ‘पावर’ के होला, मन्त्री भन्छन्-‘सिन्डिकेट तोड्न…

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey