Mega Bank

मनाङ, जुम्ला र घान्द्रुकमा हाइअल्टिट्युट सेन्टर निर्माणका लागि १५ लाख !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०३-११
  • |
  • 81 पटक हेरिएको

सरकारले हाईअल्टिट्युट ट्रेनिङ सेन्टर खोल्ने भनेर तीन वर्षदेखि बजेटमा उल्लेख गर्दै आएको छ । पूर्वाधार निर्माणका लागि केही कामहरु भइसेको बताउने सरकारले यस वर्ष पनि नीति तथा कार्यक्रममा पनि हाइ अल्टिट्युट ट्रेनिङ सेन्टर बनाउने विषयले प्राथमिकता पाएको थियो ।

तर, युवा तथा खेलकुद मन्त्रालयको बजेट विनियोजन हुँदा जम्मा यो प्रोजेक्टमा १५ लाख परेको छ । २ अर्ब ३६ करोडको बजेट खेलकुद मन्त्रालयमा हुँदा पूर्वाधार निर्माण गरि नेपालको खेल पर्यटनले विकासमा टेवा पुग्ने विश्वासका साथ हाईअल्टिट्युट ट्रेनिङ सेन्टर खोल्ने लक्ष्य लिएको छ ।

तर आर्थिक वर्ष २०७७–०७८ को बजेटमा जम्मा १५ लाखको बजेटले मनाङ, जुम्ला र घान्द्रुकमा ट्रेनिङ सेन्टर निर्माण गरिने छ । केन्द्रीय सरकारको यो बजेटले ती क्षेत्रको अनुगमन गर्दैमा सकिने अवस्था रहने पक्का जस्तै छ ।

भर्खरै

Advertisement