नेपालको फुटबल धेरै राम्रो छ : विदेशी खेलाडी फ्लोरेन्ट (भिडियो कुराकानी नेपालीमा)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-१०
  • |
  • 418 पटक हेरिएको

कोरोना भाइरसको महामारीका कारण नेपाली फुटबल पनि ठप्प छ । ए डिभिजन लिग सकिए पछि मोफसलका नकआउट प्रतियोगिता जारी रहने समयमा कोरोना भाइरसको महामारीका कारण फुटबल खेलाडीहरु बेरोजगार बनेका छन् ।

नेपाली लिग खेल्नका लागि विदेशी खेलाडीहरु पनि आउने गर्छन् । उनीहरुलाई क्लबले राम्रो पैसा पनि ‘पे’ गरेका छन् । कोरोनाका कारण क्लबहरुले खेलाडी रिलिज गर्दा अहिले विदेशी खेलाडीहरु पनि अलपत्र अवस्थामा रहेका छन् ।

विगतमा कमाएका पैसा र एन्फा लगाएतबाट आएको राहतले गुजारा गरिरहेको अफ्रिकी मुलका खेलाडी फ्लोरेन्टले नेप्लेजसँगको कुराकानीमा बताए ।

नेपाली बोल्न जानेको फ्लोरेन्टसँग हामीले फुटबल र कोरोनाका कारण भोगेका समस्याका विषयमा कुराकानी गरेका छौं ।

हेरौं यो भिडियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey