एन्फाको विरोध, व्यक्तिको होइन, पद्दतिको हो : वरिष्ठ उपाध्यक्ष नेम्वाङ (भिडियाे कुराकानी)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-०७
  • |
  • 312 पटक हेरिएको

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ आफू सधै फुटबलको बिकासका लागि खबरदारी गरिरहने बताएका छन् ।

तत्कालिन अध्यक्ष गणेश थापाविरुद्ध खबरदारी गर्दा कर्माछिरिङ शेर्पालाई साथ दिएका नेम्वाङ पछिल्लो समय आफ्नै कार्यसमितिको कार्यशैली प्रति असन्तुष्ट देखिएका छन् । नेप्लेजसँगको कुराकानीमा नेम्वाङले आफू व्यक्ति भन्दा पनि पद्दतिको विरोध गरेको बताए । यसैगरी अध्यक्ष शेर्पासँग पछिल्लो समय छलफल नभएको बताउँदै लकडाउनका कारण एन्फा पनि नगएको जानकारी दिए ।

अहिले वर्तमान अध्यक्ष एकलौटी तरिकाले हिँड्न खोजेकाले समस्या देखिएको बताउँदै नेम्वाङले आफूले सधै सुशासन र पारदर्शिताको कुरा गर्न नछाड्ने प्रष्ट पारे ।

यसैगरी तपाई आगामी अध्यक्षको उम्मेदवार हो त भन्ने नेप्लेजको प्रश्नमा सटिक उत्तर ‘होइन्’ भनिए पनि यसबारे अझै समय रहेको प्रतिक्रिया दिएका छन् ।

नेप्लेजका लागि मुक्तिबाबु रेग्मीले एन्फामा देखिएका विवादकै विषयमा केन्द्रीत रहेर गरेको कुराकानी यो भिडियोमा ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey