खेलाडीको सहयोगका लागि सरकार सधैं तयार छ : खेलकुदमन्त्री विश्वकर्मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-०३
  • |
  • 234 पटक हेरिएको

काठमाडौं, ३ असार । सरकारले खेलाडीहरुको सम्मानमा कुनै कसर बाँकी नराखेको प्रष्ट पारेको छ । आर्थिक वर्ष २०७७–०७८ को विनियोजन विधेयकमाथि राष्ट्रिय सभा बैठकमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सरकाले खेलाडीको सुरक्षामा विशेष ध्यान दिएको पनि बताए ।

१३ औं सागमा पदक जित्ने खेलाडीहरुहलाई सम्मान गरिसकेको बताउँदै केही प्रशिक्षकहरुको पुरस्कार रकम नपाएको विषयमा पनि उनले प्रष्टिकरण दिएका थिए ।

उनले भने ‘सरकारले पुरस्कार रकम दिन केही ढिला भए पनि प्रशिक्षकहरुको ढिलाई हुनुमा पेश्की फस्र्योट गर्न ढिला गरेकाले पुरस्कार पनि ढिला भएको थियो ।’

नयाँ आर्थिक वर्षदेखि सागका स्वर्ण पदक विजेतालाई पनि सरकारले नगद पुरस्कारको व्यवस्था गरेको पनि बताए । यसैगरी सरकार खेलाडीहरुको सुरक्षाका लागि दुर्घटना विमा, स्वास्थ्य विमा लगाएतका कुराहरुमा पनि सरकार लागि रहेको जानकारी दिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey