आराेपबाट त सफाई पाइयाे, तर अब के, सागरसँगकाे भिडियाे अन्तर्वार्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-०२
  • |
  • 198 पटक हेरिएको

म्याच फिक्सिङको आरोपका कारण हिरोबाट एकैपटक जिरो भएका नेपाली फुटबलका एक समयका स्टार खेलाडी सागर थापाआफ्नो यो हविगत हुनुको दोशी एन्फा रहेको बताएका छन । सर्वोच्च उदालतले उनलाई सफाई दिएपछि नेप्लेजसँको कुराकानीमा उनले आफुहरुलाई यो अवस्थामा पुर्याउने दोश एन्फाले लिनुपर्ने बताए ।

एउटा अभिभावन संस्थाले आफुहरुलाई केहि सहयोग नगरेको र आफुहरु कठिन अवस्थामा रहेका बेला वास्ता नगरेको बताए । २० बर्ष भन्दा बढि समय फुटबलका लागि भनेर आफुहरु लाग्दा फिक्सिङको आरोपमा लागेपछि बेवास्ता गरेको धारणा राखे । यसका साथै उनले खेलाडीका रुपमा अब मैदानमा फर्कन कठिन भएपनि फुटबल विकाशमा लाग्ने चाहना रहेको बताए ।

फिक्सिङको आरोप लागेर करियर त सकियो, समाजमा समेत बेइज्जत गराइयो, अब यसको क्षतिपूर्तिको जिम्मा कसले लिन्छ, फुटबल मै भविष्य बनाउने सोच बनाएसँगै प्रतिबन्ध लगाइयो, त्यो समय देखि अहिलेसम्म ६ बर्ष खेल्न नपाउँदाको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्न उठाए । यसका उनको प्रश्न एन्फा र सरकारसँग थियो ।

यसका साथै उनले अदालतले सफाई दिएपछि अब एन्फाले कहिले आफ्नो प्रतिबन्धलाई फुकुवा गर्छ भन्ने हो । सागरसहित अरु पाँच खेलाडी प्रतिबन्धमा पर्दा गणेश थापा अध्यक्ष रहेका थिए ।

यता अर्का खेलाडी सन्दिप राईले सत्यको जित भएको भन्दै आफ्नो खुसी ब्यक्त गरे । उनले ब्यक्तिगत फाइदाको लागि प्रयोग भएको भन्दै पक्राउ परेका खेलाडीको सफाईमा एन्फा नबोलेकोमा निकै चित्त दुखेको बताए । उनले विना प्रमाण त्यस्तो ठूलो अभियोग लगाउँदा एन्फाले केहि पनि नबोलेको भन्दै दुखेसो गरे । यसअघि विशेष अदालतबाट सफाई पाउँदा समेत एन्फाले एक शब्दपनि नबोल्नु निकै चित्त दुख्दो कुरा भएको बताए ।

राम्रो तरिकाले करियरलाई बिश्राम दिने योजना बनाएका रितेश थापाले पनि एन्फासँग चित्त दुखाए ।

लामाे पर्खाईपछि फिक्सिङकाे आराेपमा रहेका सबैले सफाई त पाए, तर अब उनीहरुकाे गुमेकाे प्रतिष्ठा, सम्पत्ति, समाजले हेर्ने नजरमा कसरी परिवर्तन ल्याउने चिन्ता अझै बाँकी नै छ ।

हेराै सागरसँग मुक्तिबाबु रेग्मीले लिएकाे अन्तर्वार्ता

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal