घरेलु क्रिकेटमा ध्यान दिने बेला आयो : पारस खड्का

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-०१
  • |
  • 183 पटक हेरिएको

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफूले लकडाउनका बेला घरमा बस्दा क्रिकेटलाई धेरै मिस गरेको बताएका छन् ।

लकडाउन पछि कीर्तिपुर मैदानमा अभ्यासका लागि गएका पारसले यो बीचमा आफूले घरमा सामान्य अभ्यास मात्रै गरेको बताएका थिए । पारसले नेपाली क्रिकेटलाई अघि बढाउनका लागि नेपाल क्रिकेट संघ क्यानले विशेष योजनाहर बनाएर अघि बढ्नु पर्नेमा जोड पनि दिए ।

यसैगरी कोरोना टेस्ट गरेर खेलाडीहरुलाई एक ठाउँमा राखेर घरेलु प्रतियोगिता शुरु गर्दा राम्रो हुने पनि पारसले बताए । कोरोना महामारी कहिले अन्त्य हुने भन्ने कुरा एकिन नभएकाले अहिलेबाट घरेलु प्रतियोगितामा फोकस हुनुपर्नेमा जोड दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey