काेराेना प्रभावित तेक्वान्दाे खेलाडीकाे सहयाेगलाई ८ लाख रुपैयाँ हस्तान्तरण

Kelmi

  • नेप्लेज
  • |
  • १९७०-०१-०१
  • |
  • 244 पटक हेरिएको

अन्तराष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका आयोजकलेस कोरोना भाइरसका कारण प्रभावित भएका तेक्वान्दो खेलाडीको सहयोगका लागि ८ लाख रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौं लगायत नेपालका अन्य स्थानमा रहेका तेक्वान्दो खेलाडीलाई केहि भएपनि सहयोग होस भन्ने हेतुले यो रकम दिएको हो । सो रकमलाई सबै खेलाडीलाई बराबर गरेर बाढिने भएको छ ।

नेपालमा विनाशकारी भुकम्प गएका बेलापनि सो संस्थाले विभिन्न राहतको कार्यक्रम गरेको थियो । यसका साथै आइओएफटीसीले कोभिड १९ अनलाईन भिडियो पुम्से च्याम्पियनसिप पनि गर्ने भएको छ ।

सहयोगका लागि आएको रकम एक समिती गठन गरेर वितरण गरिने भएको छ ।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस ९कोभिड १९० कारण विश्वभर खेलकुद गतिविधि ठप्प प्राय भइरहेको अवस्थामा दुई चरणमा गरी अनलाइन प्रतियोगिता गर्न लागेको आईओएफटीसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन् ।

कोरोना भाइसरका कारण खेलकुद गतिविधि ठप्प प्राय छ । खेलाडीलाई अवसर दिन र केहि हदसम्म भएपनि चलायमान बनाउन प्रतियोगिताले मद्दत गर्छ भन्ने विश्वासका साथ आयोजना गर्न लागिएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey