सिंहदरबारमा स्वीमिङपुल सहितको खेलकुद संरचना !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२७
  • |
  • 385 पटक हेरिएको

नेपाली खेलकुदका संरचनाहरु अहिले पनि बन्ने क्रममा रहेका छन् ।  २०७२ सालको भूकम्प पछि धेरै पुराना संरचनाहरु नयाँ बन्ने क्रममा रहेका छन् । दशरथ रंगशाला नै पुनर्निर्माण भएको हो भने राखेपको प्रशासनिक भवन त अझै बन्ने क्रममा रहेको छ ।

पूर्वाधार निर्माणका सवालमा पछिल्लो समय खेलकुदले पनि फड्को मार्दै गएको छ । मुलुक अहिले कोरोना भाइरसको महामारीका कारण लकडाउनमा छ । कोरोनाका कारण यस आर्थिक वर्षको बजेट पुरै खर्च हुने अवस्था छैन । गत वर्ष नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद भव्यताका साथ सम्पन्न भएको थियो ।

ऐतिहासिक ५१ स्वर्ण पदक जित्दै नेपाल तालिकाको दोस्रो स्थानमा रहेको थियो । जसका कारण नयाँ आर्थिक वर्षमा खेलकुदले राम्रै प्राथमिकता पाउँछ र बजेट पनि बढेर आउँछ भन्ने धेरैले अपेक्षा गरेका थिए । तर कोरोना भाइरसको महामारीका कारण समग्र बजेट नै घटेको छ भने खेलकुदमा पनि त्यसको प्रभाव परहेको छ ।

तर, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिवर रमेशकुमार सिलवालले खेलकुदका पूर्वाधार बनाउने विषयमा आफूहरु प्रतिबद्ध भएको बताएका छन् । निर्माणाधिन संरचनाहरुले पूर्णता पाउने र नेपालको राष्ट्रिय खेल भलिबलको कर्भडहल बनाउनका लागि रातो किताबमा ५०लाख रकम विनियोजन भएको बताए ।

कर्भडहल बनाउनका लागि भलिबल संघले अब स्थान छनोट लगाएतका कामहरु अघि बढाउनुपर्नेमा जोड दिए । यही प्रशंगमा सदस्यसचिव सिलवालले राजनीतिक नेतृत्वलाई खेलकुदको महत्व वुझाउने योजना अघि सारेका थिए ।

सिंहदरबार भित्रै स्वीमिङ पुलसहितको खेलकुद संरचना बनाउनका लागि आफू लागि परेको जानकारी दिए । अहिले संसद भवन बन्दै गरेका स्थान नजिकै सिंहदरबारभित्र स्वीमिङपुल सहितको संरचना बनाउँदा राजनीतिक नेतृत्वलाई पनि खेलकुदबारे बुझाउन सकिने उनको भनाई थियो ।

स्वीमिङपुलमा साउना, स्टिमबाथ लगाएतको सुविधासहितको संचालन गर्ने र यसले राजनीतिक नेतृत्वले खेलकुदलाई नजिकबाट बुझ्न पाउने उनको अपेक्षा थिए ।

१३ औं साग आयोजना गर्दा सरकारले दिएको भन्दा १६ करोड बढी आर्थिक आर्जन गरेको बताउँदै आगामी आर्थिकमा यो कामले गति लिने बताए । उनले भने ‘अहिले शुरु गरियो भने आर्थिक बर्ष सकिन लागि सक्यो, अर्को बर्षदेखि शुरु गर्ने हो ।’ पहिलो चरणमा ३० करोडको बजेट लाग्ने पनि उनको अनुमान छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey