भलिबल संघले चिकित्सकलाई गर्‍यो स्वास्थ्य सामग्री सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२७
  • |
  • 195 पटक हेरिएको

काठमाडौं, २७ जेठ । नेपाल भलिबल संघले नेपाल चिकित्सक संघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको महामारीका कारण मुलुक लकडाउनमा रहेका बेला फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मीका लागि भलिबल संघले मास्क र फेस सेल्डर हस्तान्तरण गरेको हो । चिकित्सक संघको कार्यालय प्रदर्शनी मागर्ममा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले चिकित्सक संघका अध्यक्ष लोचन कार्कीलाई हस्तान्तरण गरिएको हो ।

भलिबल संघले एन ९५ मास्क १ हजार थान प्रदान गरेको छ । भलिबल संघले प्रदान गरेका मास्क प्रदेश २ का जिल्लाहरुमा पठाइदिन आग्रह गरेको महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । यसैगरी पुल्चोक इन्जिनियरिङ एल्मुनाई एशोसिएशनले पनि सोही अबसरमा चिकित्सक संघलाई ५ सय थान एन ९५ मास्क हस्तान्तरण गरेको छ । उक्त मास्क कर्णाली प्रदेशमा पठाउनका लागि आग्रह गरिएको एल्मुनाई तथा भलिबल संघका सदस्य रोशन श्रेष्ठले बताए ।

कार्यक्रममा चिकित्सक संघका अध्यक्ष कार्कीले सहयोगका लागि भलिबल संघलाई धन्यवाद दिएका थिए । साथै उनले आगामी दिनमा खेलकुदका क्षेत्रमा आफूहरु मिलेर काम गर्न तयार रहेको बताए ।

सदस्य सचिव सिलवालले राष्ट्रिय खेल भलिबलले गरेको सहयोगले सकारात्मक सन्देश जाने उल्लेख गरे । सिलवालले चिकित्सक संघसँग मिलेर राखेपले काम गर्ने योजना पनि सुनाएका थिए ।

यसैगरी भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सबैको साथ र सहयोगले मात्रै कोरोना महामारीबाट पार पाउन सकिने भएकाले भलिबल संघ आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal