प्रथम खुला अनलाइन तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा भीमबहादुर तामाङ च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२५
  • |
  • 301 पटक हेरिएको

प्रदेश नम्बर–३ रामेछापका भीमबहादुर तामाङ प्रथम खुला अनलाइन तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा च्याम्पियन भएका छन् । रोल्पा आइटिएफ तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न च्याम्पियनसिपमा भीमबहादुरले प्याटर्नतर्फ च्याम्पियन भएका हुन् । गण्डकी प्रदेश बाग्लुङका लभिस पुन दोस्रो स्थानमा सीमिति भए ।

बाग्लुङकै प्रवीण बुढामगर तेस्रो स्थानमा सीमित भए । पाँच पक्ष राखिएको प्याटर्न निर्धारणमा कुल ३४ स्कोर रहेको थियो । जसमध्ये भीमबहादुरले २८ अंक, लभिसले २६ अंक र प्रवीणले २५ अंक प्राप्त गरे ।

च्याम्पियनसिपमा नेपाल आइटिएफ महासंघका रेफ्री चेयरमेन प्रवीणकुमार कार्कीको नेतृत्वमा सात सदस्य राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रेफ्रीहरूले महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडीले पठाएको भिडियोको मुल्यांकन गरी भिडियो कन्फ्रेरेन्समार्फत नतिजा सार्वजनिक गरिएको प्रतियोगिता संयोजक र रोल्पा आइटिएफका अध्यक्ष विक्रम बाठामगरले जानकारी दिए ।

प्रतियोगितामा देशभरबाट कुल ६३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महासंघका अध्यक्ष अन्जन धमलाले महामारीको समयमा अनलाइन च्याम्पियनसिपको अवधारणले खेलाडीहरूमा थप आत्मविश्वास बढाउनुका साथै खेल विकासमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समयमा कोरोना भाइरसको महामारी बढिरहेको अवस्था खेलाडलाई क्रियाशील बनाउने उद्देश्यस्वरूप अनलाइन च्याम्पियनसिप सञ्चालन गरिएको विक्रम बाठामगरले जानकारी दिए ।

‘यो महामारीका कारण खेलकुदका सबै गतिविधि रोकिएका छन्,’विक्रमले भने, ‘यस्तो अवस्थामा खेलाडीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ, तन्दुरुस्त र क्रियाशील बनाउन यस किसिमका प्रतियोगिताले मद्दत गर्दछ ।’

च्याम्पियनसिपमा पहिलो भएका भीमबहादुरले ८ हजार, दोस्रो स्थानका लभिसले ६००० हजार र तेस्रो स्थानमा सीमित प्रवीण बुढामगरले चार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उक्त च्याम्पियनसिपमा परिवर्तन गाउँपालिकाका गणेश बाठामगरले पहिला नगद पुरस्कार, रोशन केसीले दोस्रो नगद पुरस्कार र सुवास बिक तेस्रो नगद पुरस्कार प्रायोजना गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal