लकडाउनका बेला इन्स्टाग्रामबाट धेरै कमाउने १० खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२२
  • |
  • 198 पटक हेरिएको

 

कोरोना भाइरसका कारण लकडाउन भएका बेला आफ्ना फ्यानलाई विभिन्न तस्विर राखेर मनोरञ्जन दिएका स्टार फुटबलरहरुले इन्टाग्रामबाट मनग्य आम्दानी गरेका छन । त्यो सूचीमा क्रिस्टियानो रोनाल्डो शिर्ष स्थानमा छन ।

यो लकडाउनका बेला इन्स्टाग्राममा तस्विर राखेर आम्दानी गर्ने शिर्ष १० खेलाडीमा रोनाल्डो पहिलो स्थानमा छन भने लियोनल मेस्सी दोस्रो नेयमार तेस्रो स्थानमा छन ।

को को हुन त तीन १० खेलाडी र उनीहरुको आम्दानी कति ?

१०. एन्थोनी जोसुवा

लकडाउनका बेला एन्थोनीले एक लाख २१ हजार पाँच सय पाउण्ड आम्दानी गरेका छन । एक करोड १३ लाख फलोअर्स रहेको उनले इन्स्टाग्राममा पाँच वटा प्रायोजन गरिएको पोष्ट राखेका थिए । जसमा उनले एक पोष्टको २४ हजार ३ सय पाउण्ड लिन्छन ।

९. डानी एल्भेस

इन्स्टाग्राममा प्रायोजित पोष्ट गरेर डानी एल्भेसले लकडाउनका बेला एक लाख ३३ हजार ६ सय ९४ पाउण्ड आम्दानी गरे । उनको इन्स्टामा तीन करोड ११ लाख फलाअर्स रहेका छन । उनले एक पोष्टको ६६ हजार ८४७ पाउण्ड लिने गरेका छन । यो विचमा उनले प्रायोजित दुई वटा पोष्ट गरेका थिए ।

८. ड्वायनी वाडे

वाडेले लकडाउनका बेला चार वटा पोष्ट गरे । १ करोड ६६ लाख फलोअर्स रहेका उनले एक पोष्टका ३५ हजार सात सय ८७ पाउण्ड चार्ज गर्छन । उनी लकडाउनमा धेरै कमाउने सूचीमा आठौं स्थानमा रहेका छन ।

७. ज्लाटन इब्राहिमोविच

स्विडेनका खेलाडी ज्लाटनले लकडाउनका बेला एक लाख ८४ हजार चार सय १३ पाउण्ड आम्दानी गरेका छन । इन्स्टाग्राममा ४ करोड २९ लाख फलोअर्स रहेका ज्लाटनले यो विचमा दुई वटा प्रायोजित पोष्ट गरेका थिए । जसमा उनले एक पोष्टका ९२ हजार दुई सय ६ पाउण्ड चार्ज गर्छन ।

६. विराट कोहली

भारतीय क्रिकेट कप्तान विराट कोहलीको इन्स्टाग्राममा ५ करोड ९० लाख फलोअर्स रहेका छन । उनले एक पोष्टको एक लाख २६ हजार ४३१ पाउण्ड चार्ज गर्छन । लकडाउनका बेला उनले तीन वटा पोष्ट गरेका थिए । जसवाफत उनले तीन लाख ७९ हजार दुई सय ९४ पाउण्ड आम्दानी गरे ।

५. डेविड बेकह्याम

इंग्ल्याण्डका पूर्व कप्तान बेकह्याम इन्टाबाट धेरै आम्दानी गर्ने खेलाडीको सुचीमा पाँचौ स्थानमा रहेका छन । उनले लकडाउनका बेला चार लाख पाँच हजार तीन सय ५९ पाउण्ड कमाएका छन । जसमा उनले तीन पोष्ट गरेका थिए, जुन प्रायोजित थियो । उनले एक पोष्टको एक लाख ३५ हजार एक सय २० पाउण्ड लिने गरेका छन । उनको इन्टामा ६ करोड २९ लाख फलोअर्स रहेका छन ।

४. साक्वेली ओनिल

१ करोड ७० लाख इन्टाग्राममा फलोअर्स रहेका उनले लकडाउनका बेला सबै भन्दा धेरै पोष्ट गरेका थिए । यो विचमा उनले १६ वटा प्रायोजित तस्विर पोष्ट गरे । जसमा उनले एक पोष्टको ३६ हजार चार सय ७७ पाउण्ड चार्ज गरेका थिए । जसबाफत उनले पाँच लाख ८३ हजार ६२८ पाउण्ड कमाएका छन ।

३. नेयमार

ब्राजिल तथा पीएसीका स्ट्राइकर नेयमारले लकडाउनका बेला घरमै बसेर ११ लाख ९२ हजार दुई सय ११ पाउण्ड आम्दानी गरे । सोसियल म्यासेज दिने किसिमको प्रायोजित पोष्ट उनले चार वटा गरेका थिए । जसबाफत उनले यो रकम बसीबसी कमाएका हुन । उनले एक पोष्टको दुई लाख ९८ हजार ५३ पाउण्ड लिने गरेका छन । १३ करोड ८० लाख फलोअर्स रहेका नेयमार लकडाउनका बेला राम्रो आम्दानी गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन ।

२. मेस्सी

बार्सिलोनाका कप्तान लियानल मेस्सीले लकडाउनका बेला १२ लाख ९९ हजार तीन सय ७३ पाउण्ड आम्दानी गरे । १५ करोड १० लाख फलोअर्स रहेका मेस्सीले लकडाउनका बेला चार वटा पोष्ट गरे । जसमा उनले एक पोष्टको तीन लाख २४ हजार आठ सय ४३ पाउण्ड चार्ज गरेका थिए । जस बाफत उनले करिव १३ लाख पाउण्ड आम्दानी गरेका थिए ।

१. क्रिस्टियानो रोनाल्डो

पोर्चुगलका कप्तान तथा युभेन्टसका खेलाडी रोनाल्डो इन्स्टाग्राममा एक पोष्ट गरेवाफत मोटो रकम लिने खेलाडीको सूचीमा शिर्ष स्थानमा पर्छन । उनले एक पोष्टको चार लाख ७० हजार पाँच सय ८४ पाउण्ड लिन्छन । लकडाउनका बेला उनले चार वटा प्रायोजित पोष्ट गरेका थिए । जसका बाफत उनले १८ हजार ८२ हजार ३३६ पाउण्ड आम्दानी गरे । इन्स्टामा उनको २१ करोड ९० लाख फलोअर्स रहेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal