सागमा बाेकेकाे चाेटले चिन्तित सिलु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२१
  • |
  • 469 पटक हेरिएको

नेपालमा नै भएको दक्षिण एशियाली खेलकुद सागमा घाइते भएकी उसु खेलाडी सिलु डंगोल यतिबेला आफ्नो चोटको उपचारका लागि निकै दौडधुप गरिरहेकी छिन ।

सागमा उसुको ७५ केजी तौल समुहमा भारतकी पुनमसँगको प्रतिस्र्पधामा चोट लागेपछि उनीले रजतमा चित्त बुझाउनु परेको थियो । फाइटका बेला पुनमले उनलाई पर्छान खोज्दा उनको घुढा टुइस्ट भएको थियो । जसका कारण उनले त्यो खेलपनि हारेकि थिइन । पछि एमआरआइ गर्दा उनको घुँडामा चोट लागेको र शल्यकृया गर्नुपर्ने अवस्था आएको थियो । जसका कारण उनले एक सातामा नै सल्यक्रिया गरेका थिए ।

ब्लुक्रस अस्पतालमा गरिएको सल्यक्रिया सकिएको ६ महिना पुरा भएको छ । यतिबेला उनको सल्यक्रिया भएको ठाँउमा दुख्ने क्रम रोकिएको छैन ।

सल्यक्रियापछि थेरापी गरेकी सिलुलाई लकडाउनले केहि समय प्रभावित पार्यो । करिव एक महिना लकडाउनका कारण उनको थेरापी प्रभावित भएको छ । सल्यक्रिया भएको ठाँउमा चसक्क दुख्ने भएकाले यतिबेला उनलाई सुरज भुषालले थेरापी गराइरहेका छन ।

थचक्क बस्न नसक्ने र भर्याङमा पनि तल झर्दा दुख्ने भएकाले उनलाई निको हुन केहि समय लाग्ने बताएका छन । शुरजले उनको सल्यक्रिया गरेको खुट्टामा मासु केहि सुकेको त्यसलाई ठुलो पार्न आवश्यक रहेको बताएका छन ।

उसुकी अन्तराष्ट्रिय खेलाडी सिलुको चोटले यतिबेला केहि दबाव भएको छ । त्रिभुवन आर्मीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने सिलु स्वर्ण पदक विजेता खेलाडी हुन । उनले घरेलु प्रतियोगितामा राम्रो गरेका कारण सागमा परेकी थिइन । तर अन्तिममा चोटले समस्या दिएपछि उनले रजत चित्त बुझाइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey