कीर्तिपुर मैदान चिटिक्क पारिदै…

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-१९
  • |
  • 332 पटक हेरिएको

लकडाउनको समयमा काठमाडौं ठप्प भइरहँदा कीर्तिपुर क्रिकेट मैदानमा कामको प्रक्रियालाई भने रोकिएन । क्यानले नै कीर्तिपुर नजिकै बस्ने कामदारलाई मैदानमा घाँस रोप्ने र घाँस उखेल्ने कामका लागि लगायो ।

लकडाउनको समय लम्बिदै गर्दा उनीहरुले आनन्दले काम गर्ने मौका पनि पाए । मैदानमा रहेको जंगली घाँस उखेलियो भने नयाँ दुबोपनि रोकियो । मैदानमा रहेका पिचमा पनि दुबो रोपेर मर्मत गरियो । यतिबेला कीर्तिपुर मैदान निकै हरियो देखिन थालेको छ ।

मैदानको ३० यार्ड भित्र नयाँ घाँस पलाएको छ, मैदानमा दिनहुँ पानी हालने, आउटफिल्डमा पनि जंगली घाँस निकालेर दुबो रोपिएको छ । मैदानमा घाँसलाई लामो हुन दिइएको छैन ।

अहिले कीर्तिपुर मैदान हेर्दा निकै चिटिक्क जस्तै देखिन्छ । यस्तैमा अब मैदानको वरिपरी रहेको जालीमा रंग लगाउने काम भइरहेको छ । पछिल्लो दुई दिन देखि मैदानमा खटिएका कामदारहरु रंग लगाउन ब्यस्त देखिन्छन । कीर्तिपुर मैदान नै बस्ने कामदारहरु यतिबेला त्यहाँ काम गरिरहेका छन ।

क्यानले चाँडै खेलाडीले प्रशिक्षण गर्ने नेटलाई पनि परिवर्तन गर्ने भएको छ । केहि समय अगाडीसम्म नेटमा पुरानो जाली रहेको थियो । तर अब त्यो फेरीएर नयाँ स्वरुप दिइने भएको छ । त्यसका लागि भारतबाट नयाँ जाली ल्याउने तयारी भइरहेको क्यानका एक पदाधिकारीले बताए ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal