पाेखरामा नयाँ फुटबल मैदानकाे प्यारापिट निर्माण धमाधम

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-१६
  • |
  • 252 पटक हेरिएको

कोरोनाभाइरसको कारण देशमा लकडाउन जारी रहदा पोखरा १९ स्थित गोष्तेघाटमा भने फुटवल प्यारापिट निर्माण कार्य सुरुभएको छ ।

पोखराको वैकल्पिक फुटवल मैदानको रुपमा विकसितगर्ने उद्धेश्यले हाल लकडाउनकै अबस्थामापनि निर्माण सामाग्री एवं मजदुरहरुको व्याबस्था गरी विहिबार देखि पुनःप्यारापिट निर्माण कार्यलाई निरन्तरता दिएका छन् ।

विहिबार प्यारापिटको ढलान गर्ने काम सकिएको छ । करिब ८ सय सिट क्षमताको भिआइपिप्यारापिट निर्माण कार्य सकिएसंगै खेलाडी चेन्जीङ रुम र एट्याच वाथरुम दुई÷दुई वटा निर्माण हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषदबाट विनियोजित भएको ९० लाखको लागतमा उक्त परियोजना निर्माण कार्य जारी रहेको करिब ८ सय सिट क्षमताको भिआइपिप्यारापिट सहितको खेलाडी चेन्जीङ रुम र एट्याचवाथरुम निर्माण हुने भएको छ ।

राखेपको सहयोगमा ३५ मिटर लम्बाइको कंक्रिट स्टक्चरमाभिआइपिप्यारापिट निर्माण गरीकरिब एक हजार सिट क्षेमताको प्यारापिट, प्यारापिट मुनिको भागमा चेनजिङ रुम, ट्वाइलेट वाथरुम भिआइपिरुम समेत निर्माण हुने भएको छ आउदो बर्षको लागि समेत बजेट माग गरेका छन् ।

सेती नदी किनाराको गोष्तेघाटमा अन्तराष्ट्रिय स्तरको ६५ वाई १ सय ५ मिटरको फुटवल मैदाननिर्माण भएसंगै स्थानिय स्तरमा फुटवल खेलको विकास हुने भएको छ । उक्त मैदाननिर्माण कार्य २०७१ साल देखि सुरु गरिएको हो ।

करिब ३ करोडको लगानीभई उक्त हरियो दुवो सहितको फुटवल मैदानतयार,कार्यालय भवन, इण्डोर हल, फुटवल प्रशिक्षणको बैकल्पिक मैदान, तटबन्दन सहितकाबाँकी केहीकामहरुअझै फिनिसिङ गर्न ३ करोड बजेट आवश्यकता पर्दछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey