मुलपानी क्रिकेट मैदान तीन वर्षमा तयार हुन्छ : विष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-१६
  • |
  • 366 पटक हेरिएको

मुक्तिबाबु रेग्मी
काठमाडौं, १६ जेठ । मुलपानी क्रिकेट मैदान निर्माणको कुरो २०६० सालदेखि शुरु भएको हो । तर अझै पूर्णरुपमा तयार भने भएको छैन । अहिले तपाई मुलपानी मैदानको बाटो भएर हिँड्नु भयो भने त्यतिराम्रो स्टेडियम किन अझैं पूर्णरुपमा तयार नभएको होला भन्ने प्रश्न गर्नुहुन्छ । यसैगरी मैदान हेर्नुभयो भने पीच पनि खोज्नु पर्ने अवस्थामा छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले आरके विष्टलाई मैदानको कोर्डिनेटर बनाएर पठाएको छ । अहिले लकडाउनका कारण सिमित व्यक्तिहरु लगाएर झाडी फाँड्ने काम त भइरहेको छ भने घाँस काट्ने मेसिन विग्रिदा आउट फिल्डको काम भएको छैन । माथिल्लो मैदानमा पिच निर्माणको काम त शुरु भएको छ, त्यहाँ पनि घाँस काट्ने मेसिनको अभाव खट्किएको छ ।

राखेपले आर्थिक वर्ष २०७६–०७७ को चालु खर्चबाट काम गरिरहेको जनाएको छ । कोर्डिनेटर विष्टले तीन सय रोपनी क्षेत्रफलमा पर्खाल लगाउने काम जारी रहेको जानकारी दिए । पर्खाल पनि भनेको जस्तो भने छैन । कति एक मिटर अग्लो छ भने कतै १० मिटर भन्दा अग्लो पर्खाल बनेको छ ।
विष्टका कुरा सुन्ने हो भने अबको तीन बर्ष भित्रमा मुलपानी क्रिकेट मैदान पूर्णरुपमा तयार हुने बताउँछन् । प्याराफिटको भाग होँचो हुँदा पेभेलियन, चेन्जिङ रुम बनाउन पनि समस्या छ । यसैगरी बाउन्ड्रिमै भएका घरको समस्या गत वर्ष नै सल्टाए पनि अझै त्यहाँबाट २ वटा घर हटेका छैनन् । ती घरहरु हटाएर अब अन्य भौतिक पूर्वाधारहरु थप गर्ने गरि राखेपले टेण्डरको प्रक्रिया अघि बढाएको जनाएको छ ।

यसैगरी मुलपानीमा नेपाल क्रिकेट एशोसिएशन क्यानको अफिसमा पदाधिकारीहरु जान छाडेर नक्सालमा सिटी अफिस स्थापना गरेकोमा पनि त्यस क्षेत्रका स्थानीयको असन्तुष्टि रहेको विष्ट बताउँछन् ।

हेरौं विष्टसँग गरिएको यो कुराकानी ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey