Mega Bank

खेल क्षेत्रको बजेट २ अर्ब ३६ करोड, नवौं राष्ट्रिय खेलकुदका लागि पनि बजेट विनियोजन (भिडियाेसहित)

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०२-१५
  • |
  • 81 पटक हेरिएको

सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–०७८ को बार्षिक बजेट पेश गर्ने क्रममा यस्तो जानकारी दिए ।

नयाँ बजेट अनुसार सरकारले गत वर्षको भन्दा खेलकुद क्षेत्रको बजेट घटाएको छ । गत वर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुदको तयारी सहित ३ अर्ब ९९ करोड विनियोजन भएकोमा आर्थिक बर्ष २०७७–०७८ मा भने २ अर्ब ३६ करोड मात्रै बिनियोजन गरेको छ । अर्थमन्त्री डा.  खतिवडाले बजेट पेश गर्दा गतवर्षको भन्दा १ अब ६३ करोड कम रकम विनियोजन गरेका छन् ।

यसैगरी सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । यसैगरी गत वर्षकै कार्यक्रम सबै स्थानीय तहमा खेलग्राम बनाउने योजनालाई निरन्तरता दिएका छन् । यसैगरी कर्णाली प्रदेशमा खेलकुदका पूर्वाधार निर्माणमा विशेष जोड दिइने बजेटमा उल्लेख छ । यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिएको पनि जानकारी दिए ।

भिडियाेसहित

भर्खरै

Advertisement