माघ १५ । पुर्व च्याम्पियन अष्ट्रेलिया आईसीसी यू–१९ विश्वकपको फाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै उपाधि नजिक पुग्यो ।
न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४८ ओभरमा एक सय ८१ रनमा अलआउट भयो ।
उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । पहिलो पटक यू–१९ विश्वकपको सेमिफाइनलमा पुगेको अफगानिस्तानका लागि इक्राम अली खिलले ८० रन बनाउदा रहमनुल्लाह गुरवाजले २० रन बनाए ।
बाकि खेलाडी सस्तैमा आउट भए । बलिङ तर्फ अष्ट्रेलियाका मिर्लोले चार विकेट लिए ।
जवाफमा अष्ट्रेलियाले ३७ ओभर ३ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो ।
उसको जितमा ज्याक इडवार्डले ७२, परम उपलले ३२ र कप्तान जेसोन साङघाले २६ रनको योगदान गरे । अब उपाधिका लागि भारत र पाकिस्तान विचको विजेतासंग खेल्नेछ ।