तेक्वान्दाेका पदकधारी खेलाडी नियमित अनलाइन प्रशिक्षणमा….

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-११
  • |
  • 255 पटक हेरिएको

नेपाली खेलकुद कोरोनाका कारण स्थगित अवस्थामा छ । यतिबेला झन यो भाइरसको संक्रमण बढिरहेका बेला खेलकुद सुचारु कहिले हुन्छ भन्ने एकिन छैन । करिव दुई महिना देखि ठप्प रहेको खेलकुदलाई सुचारु गर्नका लागि कुनै ठोस योजना अझै बन्न सकेको छैन । तर पनि राष्ट्रिय खेलकुद परिषद्ले बन्द रंगशालामा खेलकुद सुचारु गर्ने योजना रहेको बताएको छ ।

लामो समयसम्म खेलाडी घरमा नै बस्नुपरेकाले वाक्क हुने अवस्था भइसकेको छ । यस्तैमा केहि संघहरुले खेलाडीलाई अनलाईनको माध्यमबाट प्रशिक्षण दिइरहेका छन । जसमा नेपाल तेक्वान्दो संघले आफ्नो केहि खेलाडीलाई अनलाइनको माध्यमबाट नियमित प्रशिक्षण दिइरहेको छ ।

हाल अनलाइन बस्न सक्ने र इन्टरनेटको सुविधा भएका खेलाडीलाई जुमको माध्यमबाट अनलाईनबाट प्रशिक्षण दिइराखिएको छ । तेक्वान्दो प्रशिक्षक दिपक विष्टले हरेक दिन विहान एक डेढ घण्टा अनलाइन आउने खेलाडीलाई प्रशिक्षणको तालिका दिने र त्यहि अनुसार खेलाडीले प्रशिक्षण गरिरहेको बताए ।

लकडाउनका बेला केहि खेलाडी आफ्नो घर गएकाले धेरै खेलाडीको सहभागिता हुन नपाएपनि अहिले १० १२ जना खेलाडी नियमित प्रशिक्षणमा रहेको दिपक विष्टले बताए ।

विष्टले हाल पदक जितेका खेलाडी र विभागिए टिम आर्मीका केहि खेलाडी नियमित अनलाइनबाट प्रशिक्षण लिइरहेको बताए । उनले दिनमा एक देखि डेढ घण्टा विहान त्यसरी खेलाडीलाई काम दिइराखिएको बताए ।

केहि समय अगाडी नेपाल ओलम्पिक कमिटीले खेलाडीलाई मानसिक तरिकाले फिट राख्नका लागि अनलाईन कोर्षको सुचारु गरेको थियो । जुन सकिएको छ । यस्तै कराँतेले पनि अनलाईन प्रशिक्षण गरेको थियो ।

कोरोना भाइरसको संक्रमण कम भएर खेलाडी प्रशिक्षणमा फर्किदापनि उनीहरुलाई पुरानो लयमा फर्कन चुनौती रहेकाले मनोबैज्ञानिक प्रशिक्षणको पनि आवश्यकता रहेको परिषद्को भनाई छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal