एन्फाद्वारा ए डिभिजन लिगकाे प्राविधिक प्रतिवेदन सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-०९
  • |
  • 587 पटक हेरिएको

अखिल नेपाल फुटबल संघले गत वर्ष सम्पन्न शहिद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

आज भिडियो कन्फरेन्समार्फ सार्वजनिक गरेको प्रतिवेदनले खेलाडीहरु घाइते हुनुको मुख्य कारण आरामको कमी भएको देखाएको छ । खेलाडीले एकपछि अर्को म्याच खेल्नु परेका कारण उनीहरु घाइते हुने गरेको रिपोर्टमा उल्लेख छ । लिगका दौरान खेलाडीले विषेश गरी गोलिगाँठा, घुँडा, ग्राइन लगायत एघार प्रकारका इन्ज्युरी भोगेका थिए ।

यसको प्रमुख कारण आरामको कमी भएको रिपोर्टमा उल्लेख गरिएको छ । यस्तै क्लबहरुले दक्ष चिकित्सकको प्रवन्ध गर्न नसक्नु, सन्तुलित पोषणको कमी र मैदानको खराब अवस्थाका कारण खेलाडीले इन्ज्युरीको सामना गर्नु परेको रिपोर्टमा उल्लेख गरेको छ । गत वर्ष सम्पन्न शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब च्याम्पियन बनेको थियो । दुई अंकले पछि परेको त्रिभूवन आर्मी क्लब उपविजेता बनेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal