दशरथ रंगशालामा क्वारेन्टिन बनाउने सरकारको तयारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-०८
  • |
  • 248 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । सरकारले त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकदु परिषद् राखेप परिसरमा पनि क्वारेन्टिन बनाउने तयारी गरेको छ । त्यसका लागि क्राइसिस म्यानजेमन्ट सेन्टर सीसीएमसीको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा दशरथ रंगशाला परिसर, राखेपको कर्भडहल र मिनि कर्भडहलको अनुगमन गरेको जनाइएको छ ।

राखेपले पनि कोरोना भाइरस महामारी बढेपछि आफ्ना खेलकुदका संरचनाहरु प्रयोग गर्न दिने यसअघि नै बताइसकेको थियो । अहिले जिल्लाका केही ठाउँमा खेलकुदका संरचनाहरु पनि क्वारेन्टिनका लागि प्रयोग भइरहेका छन् भने अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुर महानगरपालिकालाई २ वटा एम्बुलेन्स पनि प्रयोग गर्न दिएको छ ।

खेलकुदका संरचना अन्य ठाउँको तुलनामा अलि बढी फराकिलो हुने भएकाले क्वारेन्टिन बनाउन उपयुक्त हुने भन्दै अनुगमन गरिएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुखको नेतृत्वमा गएको टोलीमा सहभागी भएका काठमाडौं ट्राफिक प्रमुख भीम ढकालले रंगशाला मात्रै नभई अनेत्रको अनुगमन गरिएको नेप्लेजलाई जानकारी दिए ।

उनले भने ‘हामीले अहिले बन्द रहेका विभिन्न पार्टी प्यालेस र दशरथ रंगशाला परिसरको अनुगमन गरेका हौं । क्वारेन्टिन बनाउने निर्णय भने अझै भइसकेको छैन ।’ विदेशबाट मानिसहरु ल्याउने तयारी सरकारले गरिरहेकाले क्वारेन्टिनको संख्या काठमाडौंमा धेरै आवश्यक पर्ने भएकाले त्यसै अनुसार तयारी भइरहेको पनि बताए ।

आवश्यक परेमा राखेप परिसरमा कम्तिमा ५ हजार जनलाई क्वारेन्टिन बनाएर राख्न सकिने र अहिले खेलकुदका संरचनामा ट्वाईलेट बाथरुम लगाएतका पूर्वाधार पनि रहेकाले सजिलो हुने बुझिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey