ऐनमा राष्ट्रिय खेल भलिबल, पदाधिकारी मख्ख, भलिबल डे काेराेनाले खायाे !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-०७
  • |
  • 462 पटक हेरिएको

नेपाल भलिबल संघले यसवर्ष भलिबल दिवस नमनाउने भएको छ ।

विश्वव्यापी र नेपालमा पनि महामारीको रुप लिएको कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रहेकाले औपचारिक कार्यक्रम आयोजना नगरिएको भलिबल संघले जनाएको छ । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका तत्कालिन युवा तथा खेलकुदमन्त्री दलजित विके श्रेपाईलीले भलिबललाई नेपालको राष्ट्रिय खेल बनाउने प्रस्ताव गरेका थिए ।

२०७४ जेठ ८ गते प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । सोही दिनलाई भलिबल संघले भलिबल दिवस मनाउने निर्णय गरेको थियो । गत वर्ष औपचारिक कार्यक्रम आयोजना गरिए पनि यस वर्ष कोरोना भाइरसका कारण औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले खेलकुद विकास ऐन पारित हुँदा भलिबललाई राष्ट्रिय खेलको रुपमा पुनः परिभाषित गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले भने नेपाली माटो सुहाउँदो भलिबललाई राष्ट्रिय खेल स्थापित हुनु आफैमा गौरबको दिन भएको उल्लेख गरे ।

यस्तै उनले यस वर्षको जेठ ८ गते भलिबल दिवसको औपचारिक कार्यक्रम नभको पनि बताए । अवस्था सहज भए नेपाल भलिबल संघ पनि क्रमश आफ्नो क्यालेण्डर अनुसार अघि बढ्ने पनि बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey