नीति तथा कार्यक्रम : पुरानै याेजनामा शब्द थपथाप, फेरी पर्वतीय खेलकुदको विकासमा जोड!

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-०२
  • |
  • 551 पटक हेरिएको

सरकारले १३ औं दक्षिण एशियाली खेलकुद सागमा ५१ स्वर्ण सहित २०७ पदक जितेको विषय नीति तथा कार्यक्रममा समेटेको छ । त्यसैलाई आधार मान्दै आगामी दिनमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ ।

मन्त्रिपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेकी छिन् ।

सरकारले स्वास्थ्य तथा कृषि क्षेत्रलाई बढी महत्व दिएको नीति तथा कार्यक्रममा खेलकुदको क्षेत्रलाई पनि समेट्ने प्रयास गरेको देखिन्छ ।

नीति तथा कार्यक्रममा खेलकुदको पूर्वाधार विकासमा जोड दिइएको छ । साहासिक खेलकुदको विकासका लागि उच्च पर्वतीय खेलकुद केन्द्र स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै खेलकुदका पूर्वाधारहरुको निर्माणमा नीजि क्षेत्रलाई समेट्ने पनि उल्लेख गरिएको छ । मात्र चार लाइनको रहेको खेलकुद क्षेत्रमा यस्तै विषयहरु समेटिएकाछन । संसदमा आज पेश भएको नीति तथा कार्यक्रमका आधारमा जेठ १५ मा अर्थमन्त्री युवराज खतिवाडले बजेट पेश गर्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey