अन्तराष्ट्रिय खुला मैत्रीपुर्ण तेक्वान्दाे स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-३१
  • |
  • 213 पटक हेरिएको

कोरोना भाइरसका कारण अमेरीकाको मिचिगनमा हुने भनिएको अन्तराष्ट्रिय खुला मैत्रीपुर्ण तेक्वान्दो प्रतियोगिता स्थगित भएको छ ।

आयोजक आइओएफटीसीले यो च्याम्पियनसिप अनिश्चित समयका लागि स्थगित भएको बताएको छ । आयोजकले आफ्नो फुेसबुक पेजमा च्याम्पियनसिप स्थगित भएको बारेमा जानकारी दिएको हो ।

आइओएफटीसीका अध्यक्ष दिवाकर महर्जनले कोरोनाको संक्रमणको प्रभाव बढिरहेका बेला प्रतियोगिता गर्नु उचित नहुने बताए ।

च्याम्पियनसिपमा करिव पाँच सय खेलाडीको सहभागिता रहने अनुमान गरिएको थियो । च्याम्पियनसिप मे महिनाको एक र दुई तारिखमा हुने तयारी थियो ।

जसका लागि नेपालबाट खेलाडी छनोट भइसकेका थिए । तर अब यो च्याम्पियनसिप कहिले हुने एकिन छैन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal