खेलकूदमा ठूला पूर्वाधार निर्माण र खेलाडी प्राेत्साहन सरकारकाे बजेटकाे प्राथमिकतामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-२८
  • |
  • 315 पटक हेरिएको

नेपाल सरकारले नयाँ बजेटको प्राथमिकतामा खेलकूदलाई यसअघिका बर्षमा झै पूर्वाधार विकाशमा जोड दिने बताएको छ । यसका साथै खेलाडीलाई प्रोत्साहनका लागि पनि आगामी आर्थिक बर्षमा काम हुने बताएको छ ।

कुल बजेटको एक प्रतिशत पनि खेलकुदलाई नआउने गरेकोमा यसपटक झन घट्ने निश्चित भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी बर्ष २०७७–७८ को बजेको प्राथमिकतामा खेलकूदलाई पनि समावेश त गरेका छन्, तर मुख्य योजनालाई मात्र अगाडी बढाउने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले खेलकुदको मुख्य ठुलो योजनालाई आगामी आर्थिक बर्षमा पनि बजेटमा राखेको बताएका छन । बजेको प्राथमिकतामा खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहन गर्दै समग्र विकाशमा जोड दिने उल्लेख गरिएको छ । यस्तै खेलकुदमा राष्ट्रिय र क्षेत्रीय पुर्वाधार निर्माणमा जोड दिइने बताएइको छ । उनले ठुला योजनामा बहुबर्षिय रुपमा भइरहेका पुर्वाधार छन् ।

यो आर्थिक बर्षमा दक्षिण एशियाली खेलकुद र आठौं राष्ट्रिय खेलकुद भएका बेला केहि पुर्वाधार निर्माण भइरहेका छन् । त्यसका लागि आगामी आर्थिक बर्षमा पनि बजेट छुट्याइने भएको छ ।

आगामी बर्षको बजेटमा खेलकुदमा मुख्यगरि अहिले काम भइरहेका पुर्वाधारलाई सक्ने काम हुने खेलकुद मन्त्रालयको स्रोतले बताएको छ । यस्तै खेलाडीलाई उचित प्रोत्साहनका लागि पनि सरकारले बजेट दिने भएको छ ।

आगामी आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई करिव एक अर्व ६१ करोडको बजेट सिलिङ तोकेको छ । जुन यो आर्थिक बर्षको भन्दा ६० प्रतिशतले कम हो । यो आर्थिक बर्षमा युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्व ९९ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey