लकडाउनका बेला दशरथ रंगशालाको चटारो…

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-२३
  • |
  • 205 पटक हेरिएको

काठमाडौं, २३ वैशाख । लकडाउनका बेला पनि काम जारी राखिए पछि अहिले त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको दशरथ रंगशाला सुन्दर देखिन थालेको छ ।

प्यारापिट तर्फको काम अहिले ठप्प छ भने मैदानमा घाँस काट्नेदेखि खराब घाँस (घोडे घाँस) हटाउन शुरु गरिएको छ । मैदानको घाँस काटेर सकिएकाले दूवोलाई हानी गर्ने घास हटाउनका लागि दैनिक कामदार परिचालन भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

ती घास हटाउँदा अहिले ठाउँ ठाउँमा मैदानमा खन्ने काम पनि भइरहेको छ । यो घाँस हटाएपछि दूवो पलाउने र नपलाएको ठाउँमा नयाँ दूवो रोप्ने योजना पनि एन्फाले बनाएको छ ।

हेरौं यो भिडियो

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey