एथ्लेटिक्सपछि अब विश्व पाैडी च्याम्पियनसिप एक बर्ष सर्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-२३
  • |
  • 250 पटक हेरिएको

टोकियो ओलम्पिक एक बर्षका लागि सरेपछि त्यसको असर विश्व पौडी च्याम्पियनसिपमा परेको छ । जसका कारण विश्व पौडी च्याम्पियनसिप २०२२ मा सरेको छ ।

प्रतियोगिता निर्धारीत मिती अनुसार २०२१ मा हुने भनिएको थियो । तर अब २०२२ को जुलाई १६ बाट अगष्ट एक तारिखसम्म हुनेछ । पौडी च्याम्पियनसिपको समयमा टोकिको ओलम्पिक पर्ने भएकाले प्रतियोगिता सारेको विश्व पौडी महासंघले जनाएको छ ।

जापानको फुकुओमा हुने च्याम्पियनसिपमा विश्वभरका पौडीवाजको सहभागिता रहनेगर्छ । जसमा नेपालबाट पनि सहभागिता गराइनेछ ।

टोकियो ओलम्पिक सरेका कारण यसअघि वल्र्ड एथ्लेटिक च्याम्पियनसिप पनि एक बर्षका लागि सरेको थियो । सो च्याम्पियनसिप पनि २०२२ मा नै हुने तय भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey