खाता नम्बर मिस्टेकहुदा अझै २६ खेलाडीको खातामा पुरस्कार रकम पुगेन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-१७
  • |
  • 250 पटक हेरिएको

गत मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताका पदक विजेताहरुले केहीले पुरस्कार रकम पाइसकेका छन् । तर केहीले भने अझंै पुरस्कार रकम हाता पारिसकेका छन् ।

५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरि नेपालले सागमा कुल २०७ पदक प्राप्त गरेको थियो । सागमा ऐतिहासिक उपलव्धि हासिल गरेपछि सरकारले पनि खेलाडीलाई सम्मानसहित नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

प्रधानमन्त्रीले वालुवाटारमा बोलाएर तत्कालै खेलाडी, प्रशिक्षक र खेलसंघलाई पुरस्कार दिने घोषणा गरे पनि कार्यविधि लगाएत अन्य प्रक्रियागत तयारीले ढिला गरि खेलाडीको खातामा रकम पुगेको हो । राखेपले खेलाडी, प्रशिक्षक खेलसंघ गरि ६२८ वटा खातामा पैसा पठाउनु पर्ने थियो ।

जसमा यसपटक खेलाडीहरुको पुरस्कारमा कर पनि कट्टी गरेको छैन । तर खाता नम्बर गल्ति हुँदा कतिपय खेलाडीहरुको खातामा पैसा पुगेको छैन । यस्तैमा नेपाली महिला भलिबल टिमका खेलाडी प्रतिभा मालीले खाता नम्बर गलत हुँदा आफ्नो पुरस्कार रकम आउन ढिला भएको बताइन् । उनले भनिन् ‘चेक नम्बरमा कोट ‘सी’ रहिछ, हातले लेखेकाले मैले ‘वान’ बुझे त्यसै अनुसार परिषद्मा पठाउँदा मिस्टेक भयो ।’ अहिले सच्याउने काम भइरहेको छ ।

माती त एक जना प्रतिनिधि मात्र हुन् । यो विषयमा अहिलेसम्म एक सय वटा गुनासो आएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले नेप्लेजलाई बताए ।
उनले भने ‘हामीले खाता नम्बर संकलन गरेका हौं, उहाँहरुले दिएको खाता नम्बर नै गलत परेकाले अहिले अलि समस्या भएको छ ।’ खेलाडीहरुले सच्याएर खाता नम्बर पठाएपछि अहिले पनि यसमा काम भइरहेको र अहिलेसम्म २६ जनाको काम हुन बाँकी रहेको सदस्य सचिव सिलवालले बताए ।

हामी त्यस्तो हुने सबै खेलाडीसँग सम्पर्कमा छौं, काम गरिरहेको बताउँदै विहीबारसम्ममा सबै काम सकिनेमा आफू विश्वस्त रहेको पनि सिलवालले जानकारी दिए ।
यस्तै, सरकारले प्रशिक्षकहरुलाई पनि पुरस्कार रकम दिने घोषणा गरेको थियो । तर अझैं केही प्रशिक्षकहरुले पुरस्कार रकम नपाएको विषयमा भने उहाँहरुले प्रतियोगिता अघि लगेको पेश्की रकम फच्र्योट गरेपछि तत्कालै उहाँहरुको खातामा पुरस्कार रकम जाने पनि प्रष्ट पारे ।
उनले यसमा राखेपकाे प्रशिक्षकलाई दुःख दिने मनसाय नभएकाे पनि प्रष्ट पारे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal