५ खेलको श्रृखंलामा इग्ल्याण्ड ४-१ ले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 160 पटक हेरिएको

अष्ट्रेलिया विरुद्धको पाँचौ तथा अन्तिम एकदिवसिय खेलमा इग्ल्याण्ड १२ रनले विजयी भएको छ । जितसंगै इग्ल्याण्डले पाच खेलको श्रृखंला चार एकले जितेको छ ।

पर्थमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टिम इग्ल्याण्ड ४७ ओभर पाँच बलमा दुई सय ५९ रनमा अलआउट भयो । उसका लागि जोय रुटले ६२ तथा जेसन रोयले ४९ रन बनाए । यस्तै जोनी बेयस्ट्रोले ४४ र एलेक्स हल्सले ३५ रनको योगदान गरे । बलिङ तर्फ एन्र्डु तेइले पाच विकेट लिए ।

जवाफमा अष्ट्रेलिया४८ ओभर दुई बलमा २४७ रनमा अलआउट भयो । उसका लागि मार्कुस स्टोनीसले ८७ तथा ग्लेन म्याक्सवेलले ३४ रन बनाएपनि बाकि खेलाडीले राम्रो खेल्ने सकेनन । जसका कारण अष्ट्रेलियाले श्रृखंलामा चौथो हार ब्यहोर्यो । बलिङ तर्फ इग्ल्याण्डका टोम कुरानले पाच तथा मोयन अलीले तीन विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey