Mega Bank

ओलम्पिक कमिटी बैठकमा सामाजिक दूरी कायम गरि प्रशिक्षण गराउन सुझाव!

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०१-११
  • |
  • 92 पटक हेरिएको

काठमाडौं, ११ वैशाख ।  नेपाल ओलम्पिक कमिटीले पछिल्लो परिस्थीतिबारे भर्चुअल बैठक गरेको छ । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पहलमा विहीबार मानार्थ अध्यक्ष, सल्लाकाहरु, कमिसनका अध्यक्षहरुसँग छलफल गरिएको हो । विश्वव्यापी रुपमा कोरोनाको महामारी जारी रहेकाले अहिले नेपालसहित अधिकांश देशहरु लकडाउनमा छन् ।

जसका कारण खेलकुद गतिविधिहरु पनि ठप्प छन् । यस्तोमा नेपाल ओलम्पिक कमिटीले घरमै बसिरहेका खेलाडीहरुलाई कसरी मेन्टली र फिजिकलीरुपमा फिट राख्न सकिन्छ भन्ने विषयमा छलफल गरेको जनाएको छ । ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिक पनि १ वर्ष पर सरेको र अहिले खेलाडीहरु निराश हुने वातावरण भएकाले उनीहरुसँग निरन्तर सम्पर्कमा रहेर कसरी भर्चुल अभ्यास गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न विहीबारको बैठक गरिएको बताए ।

यसअघि ओलम्पिकको वाइल्डकार्डको अपिल गरेका खेलाडीहरुलाई यसअघि एक हप्ता अनलाईन कक्षा सञ्चालन गरिएको बताउँदै अध्यक्ष श्रेष्ठले उनीहरुलाई मनोबैज्ञानिक कक्षा दिइएको बताए ।

बिहीबारको बैठकमा लकडाउन लम्बिए कसरी आगामी दिनमा खेलाडीहरुलाई प्रशिक्षण गराउने भन्ने विषयमा छलफल भएको बताए । छलफलमा सहभागीहरुले लकडाउन अन्त्य भए पनि सामाजिक दूरी कायम राखी क्लोज क्याम्प शुरु गर्नुपर्ने सुझाव आएको जानकारी दिए । यसैगरी अबको प्रशिक्षणमा गत बर्ष काठमाडौंमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेताहरुलाई पनि सहभागी गराउनु पर्ने सुझाव पनि आएका बताए ।

यस्तै अहिलेसम्म भएका गतिविधिहरु प्रभावकारी भएको र पहिलो कुरा सबैले जीवन रक्षामा ध्यान दिँदै खेलकुदलाई अघि बढाउनु पर्नेमा जोड दिइएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

भर्खरै

Advertisement