क्याम्प नोउको नाम परिवर्तन हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-१०
  • |
  • 278 पटक हेरिएको

बार्सिलोनाले क्याम्प नोउको नाम बेच्ने भएको छ । क्याम्प नोउको नामाकरण अधिकार बेचेर आएको रकम क्लबले कोरोना भाइरसविरुद्धको लडाईँमा खर्च गर्ने जनाएको छ ।

बार्सिलोनाले पहिलो पटक यो निर्णय गरेको हो । सन् १९५७ मा बनेको नोउ क्याम्पको नाम अहिलेसम्म बेचिएको थिएन ।
सन् २०२०–२१ सिजनमा प्रायोजक खोज्नका लागि क्लबले बार्सा फाउण्डेसनलाई अधिकार दिएको छ ।

‘प्रायोजनबाट उठेको रकम अनुशन्धान परियोजना र कोरोना भाइरसको विश्वब्यापी लडाईँमा प्रयोग गरिनेछ,’ बार्सिलोनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘बार्सिलोना क्लब र बार्सा फाउण्डेसनले मानवीय संकटका बेला सबै श्रोत साधन जुटाउन आवस्यक देखेको छ,’ बार्सिलोनाले विज्ञप्तिमा लेखेको छ ।

कोरोना भाइरसका कारण स्पेनमा २० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

बार्सिलोनाले जर्सीमा पनि सन् २०१० देखिमात्र प्रायोजक राख्न सुरु गरेको हो । तर, सन् २००६ देखि युनिसेफको लागो राख्न थालेको थियो । युनिसेफसँगको सहकार्य च्यारिटीका लागि थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey