भलिबलका विश्व चर्चित ५ महिला खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-०८
  • |
  • 598 पटक हेरिएको

काठमाडौं, ८ वैशाख । भलिबललाई पनि विश्व खेलकुदमा सर्वाधिक लोकप्रिय खेलको रुपमा लिइन्छ । फुटबल, क्रिकेट जस्तै भलिबलका पनि फ्यानहरुको संख्या बढ्दो रुप्मा छ । सानो ठाउँमा पनि खेल्न सकिने भएकाले यसको लोकप्रियता नेपाल जस्तो देशमा पनि बढ्दो छ । अझ नेपालको राष्ट्रिय खेल नै भलिबल हो ।
आज हामीले ५ जना चर्चित महिला भलिबल खेलाडीको विषयमा जानकारी दिन्छौं ।

१.मिस्टी मे टेरिएनोर
मिस्टी एलिजावेथ मे टेरिएनोर अमेरिकन विच भलिबल खेलाडी हुन् । टेरिएनोर उनी विच भलिबलको उत्कृष्ट खेलाडी पनि हुन् । विच भलिबलमा उनले अमेरिकालाई २०१२ को लण्डन ओलम्पिक २००८ को बेइजिङ र २००४ मा एथेन्स ओलम्पिकमा स्वर्ण पदक दिलाएकी थिइन् । साथै ११२ खेल लगातार जितको रेकर्ड पनि उनको नाममा छ । सन्यास पछि अहिले उनी सन्तानलाई समय दिएर बसेकी छिन् ।

२‍. केरि वाल्स जेनिङ
केरि वाल्स जेनिङ मिस्टी मे की साथी हुन् । मिस्टी मे कि विच भलिबल पार्टनर केरिको सफलता पनि उनको जस्तै छ । केरिलाई भलिबलमा ‘सिक्स फिट अफ सनाइन’ को उपनामले चिनिन्छ । पूर्व मिडिल बलकर केरिले करियरमा अरु थुप्रै पुरस्कार पनि हात पारेकी छिन् । मिस्टीसँग मिलेर उनले २००३ देखि २००८ सम्म लगातार एशोसिएन अफ भलिबल प्रोफेशनल्स टिम अफ दी इयरको अवार्ड हात पारेकी थिइन् । त्यसपछि २०१४ मा यी दुईले टिम बनाएपछि २०१६ मा यो पुरस्कार फेरि हात पारेकी थिइन् । उनले २००५ देखि २००८ सम्म लगातार एफआईभिबीको उत्कृष्ट ब्लकरको उपाधि जितेकी थिइन् । यस्तै २०११, २०१२ र २०१४ मा पनि सोही पुरस्कार कव्जा गरिन् ।

३. रेग्ला टोरेस
क्युवाकी रेग्ला टोरेस सर्वश्रेष्ठ खेलाडीको रुपमा चिनिन्छन् । टरेस आफ्नो जमानकी उत्कृष्ट ब्लकरको रुपमा परिचित थिइन् । ८ वर्षको उमेरमा भलिबल शुरु गरेकै टोरेसले १७ वर्षको उमेरमा ओलम्पिकमा स्वर्ण पदक जित्न सफल भइन् । उनी त्यतिबेला कम उमेरमा ओलम्पिकको स्वर्ण पदक जित्ने खेलाडीको सूचीमा टोरेसको नाम थियो । उनले ३० वर्षकै उमेरमा भलिबल खेलाडीको करियर अन्त्य गरिन् । अहिलेपनि उनी अन्तर्राष्ट्रिय प्रतियोगिताको कमेन्टेटर लगाएतका विभिन्न भूमिकामा छिन् ।

४. सेइला क्यास्ट्रो
ब्राजिलकी सेइला क्यास्ट्रो भलिबलमा सर्वाधिक पैसा कमाउने र महँगो खेलाडीमा पर्छिन् ।
२००६ र २०१९ मा एफआईभीबीको मोस्टु भ्यालुएबल प्लेयर, अमेरिकन कप, क्लब विश्व च्याम्पियनसिपमा वेस्ट स्कोरर तथा सर्वोत्कृष्ट स्पाइकरको उपाधि पनि पटक पटक जितेकी छिन् । २०१८ को मे मा क्यास्ट्रोले करियरको विट मारेकी थिइन् । त्यसपछि जुम्ल्याहा बच्चालाई जन्म दिएकी क्यास्ट्रो हालै ब्राजिलको घरेलु लिगमा कमब्याक गरेको खबर पनि सार्वजनिक भएको छ ।

५. किम योङ कोङ
दक्षिण कोरियाकी किम यो कोङलाई ‘एशियाकै लिडिङ लाइट अफ स्पोर्ट’को उपमा दिइएको छ । उनले चीन, जापान, तुर्किमिनस्तान लगाएतका देशका व्यवसायिक क्लबबाट भलिबल खेलेकी छिन् । उनले २०१२ को ओलम्पिककमा वेस्ट स्कोररको अवार्ड जितेकी थिइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal