एभिसीकाे क्यालेन्डर सेप्टेम्बरसम्म स्थगित हुँदा नेपाललाई पनि असर

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-०६
  • |
  • 267 पटक हेरिएको

कोरोना भाइरसको असर नेपालमा पनि देखिएपछि सबै खेल संघका गतिविधीहरु ठप्प छन । यो समयमा खेलाडीहरु प्रतियोगिता खेल्नमा ब्यस्त हुने गर्थे । तर अहिले घरमा नै लकडाउनको अवस्थामा रहेका छन । यता संघका पदाधिकारीहरु पनि घरमा नै बस्न बाध्य भएका छन ।

यो समयमा कतिपय प्रतियोगिताको तयारीमा खेलाडी हुन्थे भने कोहि अन्तराष्ट्रिय प्रतियोगिता खेलिरहेका हुन्थे । तर अचानक महामारीका रुपमा आएको कोरोना भाइरसले सबैको दैनिकी नै परिवर्तन गरेको छ । सबैलाई कि घरमा बस्नु वा सुरक्षा अपनाएर काम गर्नुको विकल्प छैन ।
यदि कोरोना नभएको भए यतिबेला तीन देखि पाँच संघको निर्वाचन रहेको थियो । ती सबै संघले कोरोनाका कारण आफ्नो निर्वाचनलाई स्थगित गरेका छन । त्यसमा जुडो संघ, एन्फाको साधारण सभा लगायत रहेका छन ।

नियमित प्रशिक्षण गरिरहनुपर्ने खेलाडीका लागि अहिलेको अवस्था निकै कठिन रहेको छ । अब लकडाउन खुलेर पनि बाहिर निस्किन पनि कुनैपनि ब्यक्तिका लागि त्यति सजिलो छैन । कोरोनाले सबैको मानसिक अवस्थालाई निकै कमजोर पारेको छ ।

यहि कोरोनाका कारण नेपाली खेलकुदमा धेरै प्रतियोगिता हुने संघ भलिबललाई पनि नराम्रो असर पारेको छ । संघको असारमा हुने भनिएको निर्वाचन पनि अन्योलमा रहेको छ । यता यहि महिना हुने भनेको क्लव भलिबल अनिश्चितकालका लागि स्थगित भएको छ । यहि बेला विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिता हुने गर्थे तिनीहरु सबै स्थगित भएका छन ।

यस्तैमा नेपाली महिला तथा पुरुष भलिबल टिमले खेल्ने सबै प्रतियोगिता पनि स्थगित भएका छन । कोरोनाको संक्रमण सुरुवातमा देखिना साथ पुरुषको एशियन सेन्ट्रल जोन भलिबल सेप्टेम्बरमा सरेको थियो । यता महिला टिमले हङकङमा खेल्ने भनेको वमन्स च्याम्पियनस कप पनि स्थगित भएको छ ।

यतिमात्र होइन अन्तराष्ट्रिय भलिबल महासंघको साधारणसभा पनि २०२१ सम्म स्थगित भएको छ । यता एभिसीले पनि आफ्नो मातहतमा हुने प्रतियोगताहरु भकाभक स्थगित गर्न थालेको छ ।

जनवरीमा हुने भनिएको एशियन मेन्स र वमन्स ओलम्पिक छनोट स्थगित भएको छ भने पुरुष सेन्ट्रल एशियन महिला च्याम्पियनसिप जुन माल्दिभ्समा हुने भनिएको थियो त्यसको मितीपनि अन्योलमा रहेको छ । सेप्टेम्बरसम्म एभिसीले सबै प्रतियाेगिताहरु स्थगित गरेकाे छ ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले कोरोनाले गर्दा भलिबलको अवस्था कमजोर बनाएको बताए । उनले संघका कामहरु पनि रोकिएका र हुने प्रतियोगितापनि स्थगित गर्नुपर्ने अवस्था आएको र यसले अब संघलाई झन ठुलो चुनौती थपेको बताए ।

अब संघलाई छाटो समयमा आफ्नो क्यालेन्डरमा रहेका कामहरु गर्नुपर्ने वा यो सिजनको क्यालेन्डरलाई अब रद्द गर्नुपर्ने बाध्यता रहेको छ । कतिपय प्रतियोगितालाई प्रायोजकले पनि साथ दिएका थिए । उनीहरुका तनाव फरक हुनेछ ।

भलिबलसँगै अरु संघका क्यालेन्डरपनि प्रभावित भएका छन । जसले नेपाली खेलकुद नै दुई कदम पछि परेको भन्ने आभाष भइरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey