कीर्तिपुर मैदानले पायाे ‘मेन्टेन’ हुने माैका (भिडियाेमा)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-०२
  • |
  • 384 पटक हेरिएको

कोरोना भाइरसको महामारी बढेसँगै  लकडाउनका कारण विश्व खेलकुद नै अहिले स्थगनको अवस्थामा छ । यसबाट नेपाल पनि अछुतो छैन । चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु भएको थियो ।

लकडाउन कारण खेलकुद गतिविधिहरु नभए पनि खेल पूर्वाधारको संरक्षणका काम भने जारी नै रहेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार पुग्दा पीच निर्माणको काम जारी थियो । तीन वटा पीचमा अहिले घाँस रोप्ने काम जारी रहेको छ । दैनिक ५ जना कामदारले पीचमा घाँस रोप्ने काम जारी राखेका छन् ।

बाहिर रहेका स्टाफहरु भने कामका लागि आएका छैनन् । मैदान परिसरमै बस्ने कर्मचारीहरु मात्रै काममा खटिएको प्रमोद मण्डलले बताए । पीचको काम सकिए पछि आउट फिल्डको काम शुरु हुने पनि उनले बताए ।

कोरोना भाइरसका कारण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनुपर्ने एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएल भने यसअघि नै स्थगित भइसकेको छ । चैत १ गतेदेखि १५ गतेसम्मका लागि तय भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey