पितामा काेराेनाकाे लक्षणकाे आश‌ङ्कामा गाैरीकाकाे परिवार १४ दिनकाे क्वारेन्टिनबाट फर्कियाे !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-०२
  • |
  • 215 पटक हेरिएको

कीर्तिमानी पौडीवाज गौरीका सिंहका पिता पारस सिंहलाई कोरोनाको आंशका देखिएपछि पुरै परिवार दुई साता क्वारेन्टाइनमा बसेको खुलासा गौरीका सिंह आफैले गरेकी छिन ।

नयाँ बर्षको अवसरमा गौरीकाले फेसबुकमा परिवारको फोटो राख्दै आफ्ना बुवालाई कोरोनाको संक्रमणको लक्ष्यण देखिएपछि पुरै टिम १४ दिन क्वारेन्टाइनमा बसेको उल्लेख गरेकी छिन ।

१४ दिन क्वारेन्टाइनमा बसेपछिको पहिलो तस्विर गौरीकाले नयाँ बर्षको अवसरमा सोसियल मिडियामा राखेकी थिइन । गोरीकाका बुवा पारस बेलायतको नेश्नल हेल्थ सर्भिस अन्तर्गतमा रहेर काम गर्छन । उनी पेशाले डाक्टर हुन । उनमा कोरोनाको लक्षण जस्तो देखिएपछि दुई साता क्वारेन्टाइनमा बसेका हुन ।

गौरीकाले फेसबुकमा कोरोनाबाट लड्नका लागि सबैले मिलेर जान र सुरक्षित रहन आग्रह गरेकी छिन । टोकियो ओलम्पिकको तयारीमा रहेकी गौरीका कोरोनाकै कारण प्रशिक्षण छोड्नुपर्ने भएको छ । उनी घरमै आफ्नो तरिकाले फिट रहन कोसिस गरिरहेकी छिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey