कोरोना प्रभावितलाई राहत बाँड्न खेलाडी परिचालन गरिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-२४
  • |
  • 233 पटक हेरिएको

काठमाडौं, २४ चैत । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम र राहत वितरणका लागि युवा तथा खेलाडी परिचालन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसकेको बैठकले त्यसको जिम्मेवारी युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारलाई दिएको हो ।

मन्त्री विश्वकर्मालाई युवा खेलाडीहरुलाई कोरोना भाइरसको रोकथाम नियन्त्रण तथा राहत वितरणका लागि स्वयंसेवकका रुपमा तयार गरेर परिचालन गर्ने जिम्मेवारी दिइएको छ ।

कोरोना भाइरसको महामरीका कारण मुलुक लकडाउन भएपछि केही मन्त्रीहरु फुर्सदिला बनेका थिए । सरकारले कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने र जनतालाई सहजता प्रदानका लागि स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णय गरेको हो । मन्त्री विश्वकर्माले यस विषयमा सरोकारवालासँग समन्व्य गर्ने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal