लकडाउनका बेला घरमै अभ्यास र फिटनेसमा ध्यान दिदै खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-२२
  • |
  • 209 पटक हेरिएको

कोरोना भाइरसका कारण यतिबेला पुरै देश लकडाउन रहेको छ । नेपाली खेलकुद गतिविधीहरु ठप्प छन । खेलाडीहरु सबै घरमै बसिरहेका छन । नियमित खेलमा ब्यस्त हुने खेलाडीका लागि यो लकडाउनले आराम गर्ने मौका दिएको छ ।

तर नियमित अभ्यास गर्नुपर्ने र आफुलाई फिट राख्नुपर्ने खेलाडीका लागि भने यो लकडाउनले केहि घाटा गरेको छ । तर पनि उनीहरु आफ्नो श्वास्थ्यलाई फिट राख्नका लागि घरमै आफ्नो तरिकाले अभ्यास र फिटनेस गरिरहेका छन ।

यस्तैमा युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहा र क्रिकेटर सुवास खकुरेल घरमै फिटनेस गरिरहेको र अभ्यास गरिहेको देखिए । यस्तै अरु खेलाडीपनि आफ्नो तरिकाले आफुलाई फिट राख्नका लागि घरमै अभ्यास गरिरहेका छन ।

कोरोनाको संक्रमण नेपालमा पनि देखिएपछि त्यसका सावधानी अपनाउन सबै कुरा बन्द रहेका छन । नियमित हुने खेलकुद प्रतियोगिताहरु रोकिएका छन । जसले गर्दा खेलकुद क्यालेन्डर भताभुंग भएको छ ।

हेरौ प्रिन्स दाहालको घरेलु प्रशिक्षण

यस्तै क्रिकेटर सुवास खकुरेलले खाली समयमा घरमै आफुलाइ फिट राख्न ब्यायम गर्दै

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey