म्यान्चेष्टर सिटी एफ ए कपको पाचौं चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 213 पटक हेरिएको

माघ १४ । क्यार्डियाफ सिटीलाई २–० ले हराउँदै प्रिमियर लिग लिडर म्यान्चेष्टर सिटी एफ ए कपको पाचौं चरणमा पुगेको छ ।

कार्डियाफ स्टेडियममा आइतबार राती भएको खेलमा केभिन डि ब्रुयन र रहिम स्टर्लिङले गोल गर्दा सिटीले कार्डियाफलाई हराएको हो ।

खेलको आठौं मिनेटमा नै डि ब्रुयनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकलाई कार्डियाफको वालमुनिबाट गोल गरेका जालीको कुनामा गोल गरेका थिए । ३७ औं मिनेटमा स्टर्लिङ्ले बर्नाडो सिल्भाको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए । र, म्यान्चेष्टर सिटीलाई २–० को अग्रता दिलाए ।

सिटीले दोस्रो हाफमा कुनै गोल नगर्दा पहिलो हाफकै अग्रतामा खेल जित्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey