‘प्रतिभा मालीको बाबु आमा भनेर चिनिन पाउँनुमा हामीलाई गर्व छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-१७
  • |
  • 407 पटक हेरिएको

कुनै समय थियो, नपढेपछि खेलाडी बन्छ र यसले गरि खान्छ भन्ने मानसिकता हाम्रो समाजमा ब्याप्त थियो । तर अहिले अवस्था फेरिएको छ । खेलाडी बन्नका लागि पनि शिक्षा दीक्षाको आवश्यकता पर्छ । खेलाडी राष्ट्रको झण्डा बोकेर स्वदेशी वा विदेशी भूमिमा पुग्दा उनका बाबु आमाले पनि गौरब गर्ने गर्छन् ।

पछिल्लो समय नेपाली खेलकुदमा पनि प्रतिभावाना र पढेलेखेका खेलाडीहरु आउने क्रम शुरु भइसकेको छ । क्रिकेट फुटबलको कुरा गर्ने हो भने राम्रो अध्ययनशिल तथा प्राविधिक विषय पढेका खेलाडीहरुको बाहुल्यता क्रमश बढ्दै गइरहेको छ । यस्तैमा भलिबलमा पनि स्नातकसम्म अध्ययन गरेका खेलाडीहरु बढ्दै गएका छन् ।

खेलाडी बन्नका लागि मुढेबल भन्दा पनि ज्ञानको पनि आवश्यक पर्छ भन्ने कुराहरु पछिल्लो समय सावित हुँदै गइरहेको छ । सानै उमेरमा पढाई र खेलकुदलाई संगसँगै अघि बढाएकी नेपाली महिला भलिबल खेलाडी हुन् प्रतिभा माली । हो आज हामीले उनै प्रतिभाका बाबु आमासँग कुरा गरेका छौं । उहाँहरु दुवै जना छोरीलाई खेलाडी बनाउन पाएकोमा निकै खुशी हुनुहुन्छ ।

नेप्लेजसँगको कुराकानीमा दुवै जनाले एकै स्वरमा भन्नु भयो ‘हामीलाई प्रतिभा मालीको बाबु आमा भनेर चिनिन पाउनुमा गर्व छ ।’ बाबु रामचन्द्र माली पनि विगतमा भलिबल खेलेकाले यसको महत्व बुझेर नै छोरीलाई यसमा लगाएको बताउनुहुन्छ । तर, त्यतिबेलाको समाजमा छोरीलाई भलिबल खेलाएको भन्दै उहाँको कुरा नकाटेका पनि होइनन् यसलाई चिर्दै अघि बढेको उहाँको अनुभव छ ।

यस्तै आमा राजमाया मालीले पनि छोरीका हरेकजसो गेम हेरेको बताउँदै आफू छोरीको खेलबाट निकै खुशी भएको बताउनुभयो । उहाँले खेलाडी बनाएर पनि छोरा छोरीको भविष्य उज्जवल हुने सन्देश प्रवाह गर्नका लागि सधै अग्रपंक्तिमा उभिने बताउनुभयो ।

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey