नेपालका लागि सर्वाधिक गाेल गर्ने ६ फुटबल खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-१३
  • |
  • 273 पटक हेरिएको

फुटबलमा गोलको महत्वहुन्छ । गोलकै आधारमा खेलको नतिजा निकस्कने भएकाले फुटबल टिम गेम भए पनि स्ट्राइकरको भूमिका अलि बढी देखिन्छ । नेपाली फुटबलको इतिहास नेपालमा झण्डै १०० बर्षको हाराहारीमा छ । यस बीचमा थुप्रै खेलाडीहरु आए र गए । कति चर्चित भए कति ओझेलमा परे यसको लेखा जोखा पनि छैन । आज हामीले अहिलेसम्म सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष ६ मा अटाउने खेलाडीको बारेमा जानकारी दिन्छौं ।

हरि खड्का

हरि खड्का नेपाली राष्ट्रिय टिमका सफल स्ट्राइकर हुन् । उनी नेपाली टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । हरि खड्का ले निराजन रायमाझीले समान १३–१३ गोल गरेका छन् । १९९६ देखि २००५ सम्म नेपाली टिमबाट खेलेका खड्काले ४१ क्याप जितेका छन् । खेलाडी जीवनबाट सन्यास लिए पछि हरि प्रशिक्षकको भूमिका रहँदै आएका छन् । प्रशिक्षकको रुपमा उनी नेपालमा मात्रै नभइ विदेशका क्लबहरुमा पनि आवद्ध भइसकेका छन् ।

निराजन रायमाझी

निराजन रायमाझीले सन् २००२ देखि २०१० सम्म राष्ट्रिय टिमबाट खेले । उनले फिफा विश्वकप छनोटमा ह्याट्रिक समेत गरेका थिए । २००२ को विश्वकप छनोटमा मकाउविरुद्ध निराजनले ह्याट्रिक गरेका थिए । जम्मा १९ क्याप जितेका निराजनले अन्तर्राष्ट्रिय गोल भने १३ गरेका छन् । निराज र हरि खड्का समान १३–१३ गोलका साथ शीर्ष स्थानमा रहेका छन् ।

जुमानु राई

जुमानु राई सर्वाधिक गोलकर्ताको सूचीको तेस्रो स्थानमा पर्छन् । २००६ मा नेपाली टिमबाट डेब्यु गरेका जुमानु अहिले पनि फुटबलमै छन् । पछिल्लो समय राष्ट्रिय टिममा नपरेृ पनि विभागीय क्लब नेपाल पुलिसबाट खेल्दै आएका छन् । अहिलेसम्म नेपाली टिमबाट ३२ क्याप जितेका जुमानले ११ गोल गरेका छन् ।

अनिल गुरुङ

सहारा एकेडेमीबाट आएका अनिल गुरुङ २००७ देखि २०१७ सम्म खेले । नेपाली टिमको कप्तानी समेत गरेका गुरुङ कप्तानीमा भने त्यति धेरै सफल सावित भएनन् । तर उनले करियरमा ५० क्याप जित्दा १० गोल गरेका थिए । सर्वाधिक गोलकर्ताको सूचीमा अनिल चौथो स्थानमा छन् भने ५३ क्याप जितेका भरत खवास समान १० गोलसहित पाँचौं स्थानमा छन् ।

भरत खवास

एन्फा एकेडेमीका उत्पादन भरत अहिले विभागीय टिममा छन् । पहिला पुलिसबाट फुटबल खेलेका भरत पछिल्लो समय त्रिभुवन आर्मीको कप्तान हुन् । उनको कप्तानीमा हालै भएको ए डिभिजन लिगमा आर्मी उप विजेता भएको थियो । सन् २००८ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यसपछि उनी नेपाली राष्ट्रिय टिमको मुख्य स्ट्राइकरका रुपमा रहँदै आएका छन । घरेलु फुटबलमा उत्कृष्ट्र स्ट्राइकरको अवार्ड तीन पटक जितीसकेका खेलाडी हुन । भरतले राष्ट्रिय टिमबाट ५३ क्याप जितेका छन । उनले १० गोल गर्दै अनिलसँग गोल संख्या बराबरी गरेका छन् । सर्वाधिक गोलकर्ताको सूचीमा भरतलाई पाँचौं स्थानमा राखिएको छ ।

विमल घर्तिमगर

सर्वाधिक गोलकर्ताको सूचीमा युवा खेलाडी विमल घर्तिमगर छैटौं स्थानमा पर्छन् । २०१२ मा डेव्यु गरेका विमलले अहिलेसम्म ३३ क्याप जित्दा ८ गोल गरेका छन् । २०१२ को सेप्टेम्बरमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा दशरथ रंगशालामा डेब्यु गरेका थिए । साफमा पाकिस्तानविरुद्ध गोल गर्दै सनसनी मच्चाएकार विमलको करियर भने विवादास्पद हुँदै आएको छ ।

पछिल्लो समय विश्वकप छनोट खेल्नका लागि भुटान जानुअघि नाइट क्लबमा गएका कारण कारबाहीमा परे । जसका कारण ए डिभिजन लिगको पनि अन्तिम खेल मात्रै खेल्न पाएका थिए ।

नवयुग श्रेष्ठ 

नवयुग श्रेष्ठ पनि नेपाली टिमका युवा खेलाडीमा पर्छन् । २०१४ देखि नियमितरुपमा नेपाली टिमबाट खेल्दै आएका नवयुगले अहिलेसम्म २६ क्याप जित्दा ६ गोल गरेका छन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय म्याचमा ह्याट्रिक गर्ने पाँचौं खेलाडीमा पर्छन भन् सर्वाधिक गोलकर्ताको सूचीमा सातौं स्थानमा छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey