नेपाली फुटबल टिमबाट धेरै क्याप जित्ने ५ खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-१२
  • |
  • 475 पटक हेरिएको

नेपाली फुटबलमा धेरै खेलाडीहरु आए गए । उनिहरु सबैले देशको फुटबलको विकाशमा ठुलो योगदान गरेका छन । पहिलो पुस्ताका फुटबलर देखि हाल खेलिरहेका युवा खेलाडीसम्मले नेपाली फुटबललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन आफ्नो तर्फबाट उल्लेख्य योगदान गरेका छन ।

यस्तैमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा धेरै खेल खेल्ने खेलाडीका बारेमा आज हामी कुरा गर्दैछौ । नेपालबाट धेरै खेल खेल्ने शिर्ष ५ खेलाडीको सूचीमा कुनै बेला नाम चलेका र अहिलेपनि चर्चामा रहेका खेलाडीहरु रहेका छन । को को छन त नेपालबाट ५० भन्दा बढि क्याप जित्ने पाँच खेलाडी ।

नेपालबाट धेरै क्याप जित्ने खेलाडीमा आज हामी पाँच जनाको मात्र कुरा गर्ने भएकाले यो सूचीमा छैटौ स्थानमा पूर्व कप्तान अनिल गुरुङ रहेका छन । उनले सन् २००७ देखि २०१७ सम्म राष्ट्रिय फुटबल टिमबाट खेल्दा ५० क्याप जितेका छन । जसमा उनले १० गोल गरेका छन । सर्वाधिक गोल कर्ताको सूचीमा उनी तेस्रो स्थानमा समेत छन ।

अब अरु पाँच खेलाडीको कुरा गरौ ।

५. भरत खवास

सन् २००८ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यसपछि उनी नेपाली राष्ट्रिय टिमको मुख्य स्ट्राइकरका रुपमा रहँदै आएका छन । एन्फा एकेडेमीका उत्पादक भरत घरेलु फुटबलमा उत्कृष्ट्र स्ट्राइकरको अवार्ड तीन पटक जितीसकेका खेलाडी हुन ।

नेपाल पुलिस क्लवका पूर्व खेलाडी तथा हाल त्रिभुवन आर्मीका कप्तान भरतलाई सन् २०१२ मा युरोपमा गएर फुटबल खेल्ने अवसर पनि आएको थियो । तर उनले महिनाको एक लाख ५० हजारको अफरलाई छोडेर राष्ट्रिय टिमबाट खेल्ने निर्णय गरेका थिए ।

हाल आर्मीबाट खेलिरहेका भरतले राष्ट्रिय टिमबाट ५३ क्याप जितेका छन । उनी सिनियर टिमबाट धेरै क्याप जित्ने खेलाडीको सूचीमा पाँचौ स्थानमा छन । यो क्रममा उनले सात गोल पनि गरेका छन ।

४. रोहित चन्द

नेपाली फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द धेरै कमाउने नेपाली खेलाडीमा पर्छन । विदेशी लिगमा खेल्ने भएकाले रोहितको आम्दानी अरु नेपाली खेलाडीको तुलनामा बढि नै छ । एन्फा एकेडेमीका उत्पादक रोहित सन् २००८ मा यू १६ टिमबाट खेल्दै गर्दा साझै राष्ट्रिय टिमको क्याम्पमा बोलाइएको थियो ।

सो बेला उनले न क्लव न यू १९ टिमबाट खेलेका थिए । सन् २००९ मा उनले राष्ट्रिय टिमबाट डेब्यु गरे । टिमले चाहेको बेला डिफेन्स र मिडफिल्डमा खेल्न सक्ने रोहितले सिनियर टिमबाट ६० क्याप जितेका छन । तर उनले गोल भने गर्न सकेका छैनन् ।

हाल इन्डोनेसियन लिगबाट ब्यवसायीक फुटबल खेल्ने रोहितको नाम करियरको सुरुवातमा आर्सनल, टोटनह्याम र लिली क्लवसँग जोडिएको थियो । रोहितले राष्ट्रिय टिमबाट खेल्दा सबै भन्दा ठुलो भुल काठमाडौंमा भएको साफ फुटबल गरेको उनी आफैपनि स्विकार्छन । त्यसैले अफगानिस्तान विरुद्धको खेलमा पेनाल्टी मिस गर्दा टिम हारेको थियो ।

उनले राष्ट्रिय टिमबाट खेल्दा आफ्नो शतप्रतिशत दिएर खेलेका छन ।

३. सागर थापा

नेपाली फुटबल टिमका एक समयका स्टार कप्तान सागर थापाले सिनियर टिमबाट ६२ क्याप जितेका छन । जसमा उनले एक गोल गरेका छन । डिफेन्डरको भूमीकामा खेल्ने सागरले बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा घरेलु टिम विरुद्ध अन्तिम समयमा गरेको गोल विश्वमा नै चर्चा भएको थियो ।

आज भन्दा पाँच छ बर्ष अगाडीसम्म सागर थापा भन्ने वितिक्कै उनका फ्यानहरु भुतुक्के हुन्थे । सन् २००३ मा राष्ट्रिय टिममा डेब्यु गरेका सागर जुन उचाईमा थिए, उनको विस्थापन पनि निकै खल्लो भयो ।

म्याच फिक्सिङको काण्डमा फसेपछि सागरको करियर समाप्त भयो । उनले राष्ट्रिय टिमबाट १२ बर्ष खेल्दा जति चर्चा पाए, सबै चर्चा फिक्सिङले समाप्त पार्यो । यतिमात्र होइन उनी आर्थिक रुपमा पनि निकै कमजोर बने ।

२. किरण चेम्जोङ

नेपाली फुटबल टिमका नम्वर एक गोलकिपर किरण सन् २००८ बाट नियमित रुपमा राष्ट्रिय टिमको सदस्य रहेका छन । उनले अहिलेसम्म ६५ क्यान जितिसकेका छन ।

नेपाली टिमको पोष्ट सम्हाल्दै आएका किरणको उत्कृष्ट प्रदर्शनका कारण नेपालले धेरै खेलमा जित निकालेको छ भने निकै बलिया टिमलाई बराबरीमा पनि रोकेको छ ।

हाल भारतमा ब्यवसायीक फुटबल खेलिरहेका किरणले माल्दिभ्समा पनि प्रोफेश्नल फुटबल खेलेका छन । नेपालले फिफा विश्वकप छनोट खेल्दा जतिपनि खेल खेल्यो किरणको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो ।

१. विराज महर्जन

नेपाली राष्ट्रिय टिमबाट धेरै क्याप जित्ने खेलाडी हुन विराज महर्जन । नेपाली फुटबल टिमका पूर्व कप्तान समेत रहेका विराजले सिनियर टिमबाट ७२ क्याप जितेका छन ।

डिफेन्डर विराज पछिल्लो केहि समय देखि भने टिममा छैनन् । फिटनेशका कारण उनी टिममा स्थान बनाउन सकेका छैनन् । विराज, किरण, भरत एउटै पुस्ताका खेलाडी हुन । त्यसैले पनि उनीहरुमा राम्रो मित्रता रहेको छ ।

सियिनर टिमबाट विराजले ७२ क्याप जित्दा दुई गोल गरेका छन । एन्फा एकेडेमीका उत्पादक विराज डिफेन्डरको भूमीकाबाट खेल्ने भएपनि गोल गर्नपनि सक्ने खेलाडी हुन । उनले घरेलु फुटबलमा ११ गोल गरेका छन ।

पाकिस्तान विरुद्ध पोखरामा २००८ को मार्च महिनामा डेब्यु गरेका विराजले भारत विरुद्धको मैत्रीपुर्ण खेलमा सिनियर टिमबाट ५० क्याप जितेका थिए । यतिमात्र होइन उनी नेपाली फुटबलका सफल कप्तानका रुपमा पनि रहेका छन । उनकै कप्तानीमा नेपालले साग, बंगबन्धु र एएफसी सोलिडारीटी कपको उपाधि जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey