गुरुले चेलालाई दिएको जीवनको उपहार, जसले परिवारकै उद्दार भयो ! (भिडियो स्टोरी)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-१०
  • |
  • 206 पटक हेरिएको

कुनै खेलका खेलाडीलाई अगाडी बढ्नका लागि परिवारको सहयोग मुख्य हुनेगर्छ । यस्तैमा कुम्फुका खेलाडी रुपेश खतिवडाको आफ्नै कहानी छ । बुढेसकालका हजुरबुवा र हजुर आमाको लालनपालन देखि आफ्नो खेलमा पनि ध्यान दिनुपर्ने बाध्यता । तर पनि उनी कुम्फुको जुनीयर लेभलका च्याम्पियन हुन् । बस्ने राम्रो ठाँउ नभएका रुपेशको दुःखलाई उनका प्रशिक्षक सुकमान लामा बुझेर आफ्नै खर्चमा घर बनाउनुका साथै रासनको ब्यवस्था पनि दिएका छन ।

रुपेश खतिवडा कुम्फुका जुनीयर लेभलका खेलाडी हुन् । उनी दुधे अवस्थामा नै उनकी आमाले दोस्रो विहे गरेपछि आमाको माया पाउनै सकेनन् । उनको पितापनि मानसिक समस्याका रोगी छन । हजुर बुवा र हजुर आमा बुढेसकाल लागिसकेका छ । सानो त्यो पनि भुुकम्पबाट जिर्ण बनेका घरमा उनलाइ हजुरबुवा र हुजुर आमाले नै हुर्काएर कुम्फु खेलाडी बनाए । तर आय स्रोतका नाममा तीन वटा गाई मात्र छन् त्यही गाइको दुध बेचेर जेनतेन उनको घर चलेको छ ।

कक्षा पाँच देखि कुम्फु खेल्न सुरुगरेको रुपेशले जुनीयर लेभलमा राम्रो गरेर आत्मसन्तुष्टी पाएपनि घर पुग्दा समस्याले पिरोल्थ्यो । रुपेश प्रशिक्षण र खेलमा उनुपस्थित हुनेक्रम बढेपछि एकदिन उनको घरमा पुग्दा लामाले रुपेशको समस्या बुझे । त्यसपछि सुकमानले तीन जना जर्मनी साथीसँगको सहयोगमा दुई कोठाको इकुप्यानल सिस्टमको घर बनाइदिएका छन् । त्यती मात्र होइन रुपेशको घरको रासनपानी समेत उनैले जुटाई दिएका छन् ।

घराइसी समस्याबाट मुक्त बनेपछि रुपेशको खेलमा झनै निखार आएको छ । अव उनि एक दिन अन्तर्राष्ट्रिय खेलाडी बनेर देशका लागि पदक ल्याउने सोच बनाएको बताउछन् ।

उर्जावान राष्ट्रिय खेलाडीलाई खेलमै फोकस गर्न प्रशिक्षण मात्र होइन पारिवारिक र आर्थिक समस्याका बारेमा बुझन पनि जरुरी हुन्छ । रुपेशको जीवनमा यही आर्थिक सहयोगले नै उनमा ठूलो परिवर्तन ल्याउन सफल भएको छ ।

हेरौ उनको कहानी भिडियोमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey