माघ १४ । न्युक्यासल युनाइटेलाई हराउँदै चेल्सी एफ ए कपको पाचौं चरणमा पुगेको छ । चौथो चरणको खेलमा आइतबार चेल्सीले न्युक्यासललाई ३–० ले हरायो ।
चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन मिसी बात्स्वाई नायक बने ।
३१औं मिनेटमा बेल्जियन बात्स्वाईले मार्कोस अलोन्सोको पासमा गोल गरेका थिए । ४४ औं मिनेटमा बात्स्वाईले नै दोस्रो गोल गरेपछि चेल्सीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।
खेलभरी जम्मा तीन वटा पोस्ट एटेम्प्ट गरेको चेल्सीले ७२ औं मिनेटमा तेस्रो गोल हान्यो । मार्कोस अलोन्सोको सुन्दर फ्रिकिक गोलमा परिणत भयो ।