सेतेदाईकाे उपचारका लागि एनसीएसएसकाे आर्थिक सहयोग(भिडियो सहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-०९
  • |
  • 192 पटक हेरिएको

दुबै किड्नीमा समस्या देखिएपछि हाल उपचारका क्रममा रहेका कीर्तिपुर क्रिकेट मैदानका कामदार जयबहादुर तामाङलाई नेपाल क्रिकेट सपोर्टस सोसाइटीले पहिलो चरणमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एनसीएसएसले सेतेदाई सहयोग अभियान अन्तर्गत विभिन्न ब्यक्तिको सहयोगमा सो रकम हस्तान्तरण गरेको हो । एनसीएसएसले जयबहादुरको श्रीमती निरमाया तामाङलाई सो रकम दिएको हो । एनसीएसएका संस्थापक अध्यक्ष भानु सिग्देल र हालका अध्यक्ष विराज घिमिरेले सो रकम दिएका हुन । यसअघि एनसीएसएसले ६ हजार रुपैयाँ बैंकमा पुर्याएको थियो । सो अभियानमा विभिन्न ब्यक्तिले बाचा गरेअनुसार ८५ हजार रुपैयाँ उठ्नेछ । बाँकी रकम अर्को पटक दिने बताइएको छ ।

श्वास्थ्यमा समस्या भएपछि अचानक विरामी परेको जय पछिल्लो दुई साता देखी बीर अस्पतालमा उपचार गराइरहेका छन । उनको दुबै किड्नीमा समस्या देखिएको छ भने यतिबेला आइसीयुमा राखिएको छ ।

१५ बर्ष कीर्तिपुर मैदानमा ग्राउण्ड स्टाफका रुपमा काम गरिरहेका जयबहादुरको उपचारका लागि यसअघि सिप्यानले एक लाख ३३ हजार तथा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका थिए ।

पछिल्लो पटक अस्पतालले उनको श्वास्थ्यका बारेमा किड्नीमा त्यस्तो समस्या नभएको र किड्नी परिवर्तन गर्नु नपर्ने बताएको छ । उनको उपचार औषधीले निको हुने अस्पतालले बताएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey