गुलरियामा बन्दै गरेकाे नयाँ क्रिकेट मैदानमा पूर्वाधार थपिदै (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-०८
  • |
  • 184 पटक हेरिएको

दाङको गुलरियामा बनिरहेको क्रिकेट मैदानमा पुर्वाधार थप्ने काम भइरहेको छ । मैदानको मापदण्ड अन्तराष्ट्रिय हुन सक्ने भएपनि यसलाई प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताका लागि अभ्यास गर्ने मैदानका रुपमा बनाउने तयारी भइरहेको छ ।

२०७१ सालबाट मैदानको काम सुरु गरिएको हो । यो विचमा स्थानीय सरकार र संसदिय कोषबाट रकम लगानी गरेर काम सुरु गरिएको थियो । अब यो मैदानमा पुर्वाधार थप्नका लागि प्रदेश सरकारले ५० लाख र राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

यो मैदानमा दुई वटा स्थानीय प्रतियोगितापनि भइसकेका छन । प्रदेश सरकारले गरेको लगानीबाट अरु जग्गा खरिद गर्ने र परिषद्को लगानीबाट चेन्जिङ रुम लगायतका अरु पुर्वाधार थप्ने काम भइरहेको छ ।

मैदानको डिपीआर भइसकेको छ भने निकट भविष्यमा नै सबै काम सकेर सञ्चालनमा ल्याउने तयारीमा दाङ जिल्ला क्रिकेट संघको भनाई छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey