जेठमा काम सक्ने लक्ष्यका साथ च्यासल फुटबल मैदानकाे काम धमाधम हुँदै (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-०२
  • |
  • 206 पटक हेरिएको

एक समय थियो नेपाली खेलकुदमा कुनैपनि अन्तराष्ट्रिय फुटबल प्रतियोगिता गुर्नपरेमा दशरथ रंगशालाको विकल्प थिएन । तत्काल अहिलेपनि त्यसको विकल्प भने अझै तयार भइसकेको छैन । तर विस्तारै विभिन्न स्थानमा फुटबल रंगशालाहरु तयार हुँदैछन ।

पोखरामा करिव १८ हजार दर्शकक्षमताको रंगशालाको काम लगभग पुरा भइसकेको छ । रंगशालामा प्याराफिट जडान लगायतका काम सकिसकेका छन । मैदानमा घाँसलाई राम्रोसँग लेभलिङ गर्न बाँकी रहेको छ । यता नेपालगञ्जको रंगशालापनि तयारी अवस्थामा रहेको छ । यो रंगशालामा पनि चाहेको बेला प्रतियोगिता गर्न सकिने अवस्था छ ।

पछिल्लो पटक एन्फा टेक्निकल सेन्टरका रुपमा रहेको च्यासल फुटबल मैदानपनि तयारीको क्रममा रहेको छ । करिव आठ हजार दर्शक क्षमताको यो मैदानको तीन पट्टी प्याराफिट निर्माणको काम सकिएको छ भने पश्चिम पट्टि र दक्षिण पट्टिको भागमा कुर्सीहरुपनि राखिएको छ ।

आउदो जेठमा सक्ने लक्ष्य रहेको यो मैदानको कामका लागि दुई बर्षको समय थप गरिएको थियो । ४९ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको डाँफे प्रेररा प्रतिष्ठा जेभीले गरिरहेको छ ।

मैदानको स्ट्रकचरका हिसावले कामहरु धमाधम भइरहेका छन । यसका साथै यो मैदानमा ब्यवसायीक वा अफिसियल कामका लागि पनि केहि कोठाहरु बनाइएको छ ।

करिव ३३ करोड रुपैयाँ लगानीमा बनिरहेको रंगशालामा १३ करोड रुपैयाँ खर्च भइसकेको छ । यसअघि मैदानको चारैतिर प्याराफिट बनाउने योजना थियो, तर बागमती कोरीडोरका कारण उत्तरतिरको भागमा प्याराफिट बनाउन नपाइने भएको छ ।

एक सय २० मिटर लामो र ७० मिटर चौडा यो मैदान बनेपछि फुटबल प्रतियोगिताका लागि राम्रो विकल्प हुने पक्का छ ।

हेरौ मैदानको पछिल्लो अवस्था भिडियोमा

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal