एचएचसीए र भ्याली पब्लिक फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 390 पटक हेरिएको
माघ १४ । एचएचसीए र डिफेन्डिङ च्याम्पियन भ्याली पब्लिक १० औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सिनियर गल्र्स थ्री बाइ थ्रीमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा एचएचसीएले कान्तिपुर इङलिस एकेडेमीलाई १४–१३ ले पराजित ग¥यो । अर्को सेमिफाइनलमा भ्याली पब्लिकले ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) लाई ८–५ ले हरायो । टीआईएले तेश्रो स्थानमा चित्त बुझायो । आइबारै भएको प्रतिस्पर्धामा टीआईएले कान्तिपुरलाई ८–४ ले पाखा लगायो ।
ओडिसी इन्टरनेसनल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा बीएनए र एन्जल्स हर्ट उपाधिका लागि भिड्ने भएका छन् ।
बीएनएले माउन्ट ग्लोरीको चुनौती २४–८ ले समाप्त पा¥यो । बीएनएका रोशन दर्जीले १८ अंक जोडे । एन्जल्स हर्टले लालीगुराँस नेसनल एकेडेमीमाथि २१–१३ को जित निकाल्यो । विजयी टिमका लागि प्रतीक गौलीले १० स्कोर गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey