क्यानसँग बसेर टिम सेटअप गर्ने बेला भएकाे छ-ज्ञानेन्द्र मल्ल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-२४
  • |
  • 183 पटक हेरिएको

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली टिम थाइल्याण्डमा फेल भएको स्वीकार गरे ।

एसीसी इस्टर्न रिजन टी २० खेलेर स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो व्यक्तिगत प्रदर्शन भन्दा पनि टिमको प्रदर्शन राम्रो हुनुपर्नेमा जोड दिए ।

टिमले जिते पछि मात्रै व्यक्तिको प्रदर्शनका कुरा हुने भन्दै कप्तान मल्लले अहिलेको नतिजाबाट पाठ सिकेर अघि बढ्नु पर्ने बेला आएको बताए ।

अहिले नेपाल क्रिकेट संघ क्यान पनि रहेकाले यस विषयमा सबै बसेर छलफल गरेर टिमलाई सेट गर्नुपर्नेमा जोड दिए । नेपाली टिमले तयारी गरे पनि विपक्षी टिमले नेपाल भन्दा राम्रो खेलेको बताएका थिए ।

हेराै भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey