खेलको चाप, न्यूट्रेसनको कमी, खेलाडीलाई बढ्दो चोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-२२
  • |
  • 216 पटक हेरिएको

खेलाडीलाई चाहिने उचित न्युट्रेसन नहुनु, लगातार एकपछि अर्को प्रतियोगिता खेल्नुपर्ने, यसका असर प्रत्यक्ष रुपमा खेलाडीको श्वास्थ्यमा पर्छन । जसले गर्दा खेलाडीलाई बढि चोट लाग्ने र उनीहरुको उपचारपछि पनि राम्रोसँग खेलमा फर्कन कठिन हुने गरेको छ । खेलाडीलाई खेलको ओभरलोडका कारण यतिबेला विशेष गरि भलिबलमा धमाधम खेलाडी घाइते हुन थालेका छन । पछिल्लो पटकमात्र चार स्टार खेलाडी चोटका कारण उपचारमा छन ।

एउटा प्रतियोगिता सकिन नपाँउदै अर्को प्रतियोगिता खेल्नुपर्ने, जुन स्थानमा पायो त्यहि स्थानमा प्रतियोगिता आयोजना हुने त्यसमा खेल्नैपर्छ भनेर क्लवले भनेपछि खेलाडी जसरी पनि जानुपर्ने, यसले खेलाडीलाई आरामको समय नहुने र खेलाडीले चाहिने न्युट्रेसन नपाउने जसले खेलाडी बढि घाइते हुने प्रचलन बढ्दै गएको छ ।

जब खेलाडी घाइते हुन्छन, तब उनीहरुको उपचारको कसले गर्ने भन्ने एकिन नै हुँदैन । पछिल्लो पटक प्रतिभा माली, सरस्वती चौधरी, नविका चौधरी, विनिता बुढाथोकी घाइते भएर उपचारका क्रममा छन । प्रतिभाको उपचार राष्ट्रिय खेलकुद परिषद्ले ब्यहोर्ने भनिएपनि बाँकी खेलाडीको उपचारका बारेमा कसैले केहि बोलेका छैनन् ।

यो अहिलेको समस्या मात्र होइन, यसअघि सिपोरा गुरुङ जो नेपाली भलिबलकी स्टार खेलाडी थिइन, उनी घाइते हुँदा उपचारका लागि भौतारिएकी थिइन । घुँडाको चोट बोकेकी उनले उपचार त पाइन, तर उनको करियर समाप्त भयो । दक्षिण एशियाली खेलकुदमा नेपालबाट पदक जित्ने कान्छि खेलाडी बनेकी सिपोरासँग कामना विष्टको अवस्था पनि यतिबेला निकै चिन्ताजनक छ ।

यस्तै कमला पुनपनि चोटका कारण यतिबेला कोर्टबाट बाहिर छिन । कुलबहादुर थापा, द्धारीका थापा दुबैको कम्मरमा समस्या रहेको छ ।
उनीहरुको महत्व नेपाली भलिबलले कसरी बुझिरहेको छ, त्यो संघलाई थाहा होला, तर नेपालमा भइरहेको अनगन्ति प्रतियोगितालाई नियममा बाध्न काम नेपाल भलिबल संघले गर्न निकै आवश्यक देखिएको छ । तर यस विषयमा संघले अघिल्लो बर्ष नै क्यालेन्डर बनाउने बताएपनि अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन ।

अब पनि खेलाडीको श्वास्थ्यमा ध्यान नदिई जथाभावी प्रतियोगिता खेलाउन पठाए, नत त्यसको लाभ क्लवहरुलाई हुनेछ नत राष्ट्रिय टिमलाई ।
घरेलु प्रतियोगिताले राष्ट्रिय टिम बनाउन ठुलो सहयोग गर्छ भन्ने भनाई भलिबलमा भने उल्टो जस्तो भएको छ । यहाँ त भएका खेलाडी पनि घाइते हुन थालेका छन । नेपालमा आयोजना हुने भलिबल प्रतियोगिताहरुमा औलामा गन्न सकिने प्रतियोगितामा मात्र म्याट प्रयोग हुन्छ । बाँकी सबै प्रतियोगिता आउटडोर त्यसमा पनि कडा कोर्टमा हुने गरेका छन ।

ती प्रतियोगिता खेल्दा खेलाडीको चोट बढि लाग्ने गरेको छ । अब संघले नेपालमा हुने भलिबल प्रतियोगिताको मापदण्ड बनाउनै पर्ने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey